+
+

दशैं आउन कति दिन बाँकी छ ?

६ आश्विन २०७२ मा काठमान्डौ-बनेपा-धुलिखेल हुँदै खुर्कोट झरेका हामी चाहेर पनि अर्को दिन त्यहाँ बस्ने सुविधा थिएन । खुर्कोटबाट पूर्वमा अवस्थित सप्तकोशीको किनारमा लङग्र पसारिएको मध्य पहाडी लोकमार्गको ६२ किलोमिटर नवनिर्मित लामो सडक पछ्याउदै उदयपुरको तल्लो तटीय क्षेत्र घुर्मी तर्फ पाँच सदस्यीय भ्रमण टोलि प्रस्थान गर्दैगर्दा मन्थली स्थित व्यवसायीक साझेदारले खुर्कोटमा व्यवस्था मिलाईदिएको डिजेल हाम्रो गाडीमा टन्नै भरिएको थियो । अव, खोटाङ्ग, उदयपुर, ओखलढुंगा र सोलुखुम्बु जिल्लाको हाम्रो यात्रा ईन्धन आभावमा रोकिने भएन । हामी प्रशन्न भयौं तर, घुर्मी पुगेपछि बल्ल थाह भयो कि त्यो बाटो छिचोलेर हाम्रो गाडी खोटांग पुग्दैन !

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३ गते २१:०४

-राजु पौडेल
६ आश्विन २०७२ मा काठमान्डौ-बनेपा-धुलिखेल हुँदै खुर्कोट झरेका हामी चाहेर पनि अर्को दिन त्यहाँ बस्ने सुविधा थिएन । खुर्कोटबाट पूर्वमा अवस्थित सप्तकोशीको किनारमा लङग्र पसारिएको मध्य पहाडी लोकमार्गको ६२ किलोमिटर नवनिर्मित लामो सडक पछ्याउदै उदयपुरको तल्लो तटीय क्षेत्र घुर्मी तर्फ पाँच सदस्यीय भ्रमण टोलि प्रस्थान गर्दैगर्दा मन्थली स्थित व्यवसायीक साझेदारले खुर्कोटमा व्यवस्था मिलाईदिएको डिजेल हाम्रो गाडीमा टन्नै भरिएको थियो । अव, खोटाङ्ग, उदयपुर, ओखलढुंगा र सोलुखुम्बु जिल्लाको हाम्रो यात्रा ईन्धन आभावमा रोकिने भएन । हामी प्रशन्न भयौं तर, घुर्मी पुगेपछि बल्ल थाह भयो कि त्यो बाटो छिचोलेर हाम्रो गाडी खोटांग पुग्दैन !

म खिन्न भएँ, हलेशी महादेवको काखमा अवस्थित खोटाङ्ग अव काठमान्डौ पूर्वमा मेरो लागि चुम्न बाँकी जिल्ला हुने भयो । संघीय संरचनामा नामाङ्कन सहितको भौगोलिक औपचारिक बाँडफाँड शुरु नहुँदै समग्र नेपाल घुम्ने मेरो उत्कण्ठ ईच्छामा तुसरापात हुँदै थियो । मैले सम्झे चित्र बहादुर मेरो गृह जिल्लाका जनप्रतिनिधि हुन, नेपाल जस्तो अप्ठ्यारो भूगोललाई टुक्राटुक्रामा प्लटिङ्ग गर्न उनले भने जस्तो सजिलो छैन । यी हरफ तयार गर्दैगर्दा मेडियाले गिज्याउदै छन् उनी पनि सम्मानजनक मन्त्रालयको खोजिमा छन् रे ? आˆनो सक्कलीयत प्रस्तुत गर्न जानुपर्ने ठाउँ त त्यहि हो तर, त्यो ठाउँ जुन उनको वजन धान्ने हुन्न कि Û नजाउन् म कामना कसरी गरूँ? राजनीतिक जीवनको उत्तरार्धमा छन् उनी !

Raju-Poudelहामी घुर्मीबाट उत्तर मोडियौं । अवको हाम्रो पहिलो गन्तब्य ओखलढुंगा । यसको उत्तरी सिमानामा जोडिएको जिल्ला सोलुखुम्बु पुग्नु अघि कम्तीमा सिद्विचरण नगरपालिका भित्रका काम सम्पन्न गर्नुपर्ने चर्को दवावमा थियौं हामी । ओखलढुंगा भन्ने वित्तिकै विधालयका आदरणीय डिल्लीराम गुरुको सम्झना आउछ । कवि सिद्विचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ नामक कविता भाका हालीहाली पढाउदा हामी मोहित हुन्थ्यौं । कस्तो होला त्यो ठाउँ जीवनमा एकपटक त पुगिएला नि ! मेरो त्यो मनोकांक्षा २२ वर्षपछि पुरा हुदै थियो ।

उत्तर तर्फ बट्टारिदै पसारिएको सिद्विचरण राजमार्गले ओखलढुंगालाई उत्तर-दक्षिण छिचोलेको छ । स्थानीय आवतजावतका लागि भित्रभित्र सडक संजालको निर्माण भएको छ । हामी सप्तकोशीलाई दायाँ पार्दै हिलेपानी उक्लियौं । ‘सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली’ प्रदीप कुमार राई उर्फ ‘ब्याकुल माइला’ सम्झाइदिए दीलिपले । हामीले हरेक औपचारिक कार्यक्रममा गाउने यो राष्ट्रिय गितका गीतकार माइला यहि स्थानका हुन् । हामीले सम्मान प्रकट गर्यौं यो ठाउँलाई । तिमिले जे रचेका छौं हामी त्यहि हुनु परोस् । यसरी तराइ आन्दोलनको भयबाट भित्रभित्र नेपाल घुम्ने बाध्यताको अव अन्त्य होस् ।

पूर्वमा दुधकोशी, पश्चिममा लिखु , उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुरको सिमानाले छुट्टीएको ओखलढुंगा समुऽी सतहबाट ३९० देखि ३६२७ मिटरको उचाईमा पर्दछ । २०६८ को राष्ट्रिय जनगणना अनुसार, कुल १०७४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्लाको कुल जनसंख्या झन्डै डेड लाखको हाराहारीमा छ । यस्तो हावापानी र यो क्षेत्रफलमा उपयुक्त हुने जडिबुटी, ओखर, लप्सी, सुन्तला, आँप, केरा, जुनार ,आम्बा आदिको सम्भावनालई व्यवसायीक उत्पादन र प्रवर्द्धन गर्ने कामको शुरुवात नै भएको छैन । यो जनसंख्या मध्यका अधिकांश युवा कामको लागि अन्तर्राष्ट्रिय श्रम बजारमा प्रवासिएका छन् । बाँकी रैथानेलाई आलु, मकै र कोदोको भर । रेमिट्यान्स भित्रिन्छ, थपथाप भएको छ । मान्छेले औसत जीवन गुजारेका छन् । पारी पाखामा ठिङ्ग उभिएको एक्लो घर, ‘ मैले भनें सायद यो घरका युवा पनि प्रवासिएका होलान’ श्यामले थपे ‘ त्यहाँ हज्जारौं बाख्रा पाले पनि चरिचरन छ, किन जानु विदेश’ । अजितले घोचे ‘तिनी विदेश नगएका भए त यहाँ कसरी आउथिस ?

हो, रेमिट्यान्स सेवा प्रवाहमा यहाका बैंक तथा वित्तीय संस्था र नीजि साझेदारको सन्तोषजनक कामका लागि हामी आभारी छौं । क्षेत्रीय स्तरमा काम गर्न पाउने ईजाजत लिएका विकाश बैंकमा हाम्रो कामको अधिक बोझ छ । यस्ता भ्रमणले ती झन्झटलाई न्यूनिकरण गर्ने उपायको खोजि गर्छ । प्रत्यक्ष भेटघाटले हामी वीचको संवादलाई नजिक तुल्याउछ । धेरै समय खर्चिनु छ हामीलाई यहाँ । गाडीबाट झर्दै गर्दा, एक स्थानीय युवाले बेतोडले चलाएको मोटरसाइकलले छ्यापेको हिलोले म र अजित प्रभावित भयौं । बैंकसँगको भेटघाट ! यस्तो रुप ! यो ईन्धन आभावमा के विधि चलाएको ? ती युवाप्रति मलाई अफसोच लाग्यो Û पुछपाछ Û हामी तयार भयौं । दीलिप र श्याम नीजि साझेदारसँगको भेटघाटमा ब्यस्त थिए । हामीले सवै बैंक तथा वित्तीय संस्था छिचोल्यौं । सवै ठाउँमा मैले सोध्थें , यो रेमिट्यान्स लिएर के गर्छन नि ? सवैको तयारी प्रतिउत्तर काम गर्न सक्ने उमेरका युवाले विदेशबाट पठाएको पैसा यहाँ हुने उनका आफन्तले आधारभुत आवश्याकतामा खर्च गर्छन ।

मैले देखेको पूर्वी पहाडी जिल्लामा बहुघरका धनी धेरै छन् । प्रायजसोको काठमाडौँ वा तराईमा घर हुन्छ । जुन मैले ताप्लेजुङ्गदेखि नै हेक्का राख्दै आएको छुँ । पश्चिम पहाडी जिल्लामा जस्तो पैत्रिक सम्पती नै नामेट पारेर बसाईं झर्ने प्रचलन छैन । ओखलढुंगामा पनि त्यो भेटें मैले । तै पनि बच्चाबच्चीको विधालयसम्मको शिक्षाका लागि स्थानीय बिधालयमा भर पर्छन यधपी, नीजि विधालय पनि बाक्लै खुलेका छन् । सदरमुकामबाट २ किलोमिटरमा अवस्थित मिसन हस्पिटल मौसमी विरामीका लागि उपचारको केन्ऽ हो । रेमिट्यान्स यस्तै यस्तै शिर्षकमा खपत भएको छ । जनैपुणिर्मादेखि कृष्णजन्माष्टमीसम्म मनाइने चर्चित रोपाइँ जात्रा यहाको चर्चित स्थानीय पहिचान हो । पञ्चबली चढ्ने गणेश मन्दिर यहाको अर्को पहिचान तर, यो प्रथा विस्तारै कम हुँदै गएको स्थानीय बताउछन ।

मैले पढे अनुसार, काजी भीम मल्लकालीन राज्य विस्तारमा खटिंदा त्यहाँ राजकाज गरिरहेका किराँतलाई लखेटी त्यो फौजसँग भएको धान खोसेर ओखलढुंगा बजारको पश्चिममा अवस्थित एउटा ठुलो ढुंगामा खाल्डो खनी कुटेका थिए भन्ने किम्बदंतीका आधारमा यो जिल्लाको नाम ओखलढुंगा रहन गएको हो । अहिले यो ढुंगासंगै कवि सिद्विचरण श्रेष्ठको प्रतिमा पनि स्थापना गरिएको छ रे । तर, दुर्भाग्य समय अभावका कारण नजिकै पुगेर पनि यो स्थान हेर्ने सौभाग्य मिलेन । विहानको खाना खाने समय टरिसकेको थियो । हामीले खाना बनाउन अनुरोध गरेको होटलबाट तारन्तार फोन बज्न थालेपछि हामी त्यतै लाग्यौं । सायद, त्यति मिठो खाना अव सोलु सल्लेरीमा मात्र खाईएला ।

विश्वको सर्वोच्च शिखर सगरमाथा भएको सोलुखुम्बु पूर्वमा भोजपुर-संखुवासभा, पश्चिममा दोलखा-रामेछाप, उत्तरमा चीन स्वशाशित गणराज्य तिब्बत र दक्षिणमा ओखलढुंगा-खोटांगबाट छुट्टएिको सवभन्दा उत्तरी क्षेत्रमा पर्ने नेपालको एक महत्वपूर्ण जिल्ला हो । भोलि ईदको सार्वजनिक छुट्टी, पर्सिको शनिवार बन्द हड्ताल वाहेक भ्रमण तालिकामा फेरबदल ल्याउने यी कारक सायद हामीलाई जति अरु कसैलाई अनुभव भएको होला । कार्यालयको नियमानुसार स्वीकृत प्राप्त दिन भन्दा बढ्ता बस्नलाई अर्को स्वीकृती अनिवार्य मानिन्छ । मैले भने ‘ स्थानीय बजारमा अफिस नजिक भएर पनि अफिस तिर फर्केर नहेर्ने शहरीयाको जस्तो चलन हुदैन, जाऊ हाम्रो काम बन्छ ‘ ।

अव, विराट उत्तरी क्षेत्रफल तर्फ हाम्रो गाडी मोडियो । गएको बैशाखमा सम्पन्न भएको कालोपत्रे सडक निर्वाध गाडी गुड्नलाई काफी थियो । लाग्थ्यो हामी कुनै सुविधा सम्पन्न हिमाली पर्यटकीय गन्तव्यमा गुडिरहेका छौं । भारतको अघोषित नाकाबन्दीको असर पूर्णतः देखिन्थ्यो । सडकमा गाडी कम गुडेका थिए । दिनेशलाई कुनै जोखिम उठाउनु परेन । जति माथि गयो उति हुस्सु । ती डाँडाकाँडा हेर्ने सौभाग्य मौसमले खोसिदियो । यस्ता भ्रमणको मुख्य उदेश्य कार्यालयको बृहत्तर हितमा नै केन्ऽित हुन्छन् । यधपी, नीजि अनुभवलाई लिपिबद्ध गर्ने छुट समेत आफैमा निहित हुन्छ । मान्छे भेट्छुँु, त्यहाको बस्तुस्थिती, रहनसहन र आय-आम्दानीको श्रोतमा मेरो बहस शुरु हुन्छ । शौचकार्यले पेल्दै ल्याएपछि उपयुक्त सुसुस्थानमा गाडी रोक्नु थियो । रोकियो Û एक अर्धबैंसे मालिंगो बासको सानो भारी बोकेर आउदै गरेको देख्यौं । एक्लै थिए उनि तर, बोल्दै आईरहेका छन् । नजिकै आउदै गर्दा सोधे, ‘दशैं आउन कति दिन बाँकी छ?’ यान्त्रिक भएका छौं हामी । ती सज्जनलाई ओठे जवाफ फर्काउने कसैको क्षमता भएन । सवैको सवैलाई सजिलो मोबाइल, खोलें । ‘२८ दिन बाँकी छ’ । जवाफ फर्काए ! विचरा हामी ! हाम्रा बाउबाजेले तीन पुस्ताको हिसाव मुखैले गर्दिन्थे । हामीलाई २८ दिनको हिसाब गर्न मोबाइल चाहिने ? अघोषितमा त यस्तो छ भित्ता छाम्दै हिड्नु परेको छ, अझ भारतले घोषित नाकाबन्दी गरिदियो भने के होला हालत ?

दिलदार छन हाम्रा सहकर्मी । श्याम पर्स खोल्दै थिए, दीलिप गाडीमा भएको ब्राण्ड लोगो अंकित टी-सर्ट खोज्दै । पैसा लिन उनले अस्वीकार गर्दै थिए । टी-सर्ट लिन आपत्ती जनाएनन् । यधपी, त्यो टी-सर्ट सोलुको कुनै पनि मौसममा कामयावी थिएन । श्याम भन्दै थिए मैले श्रद्धाले दिएको लिनु न लिनु !@ आखिर दिलाई छाडे श्यामले । हामीले एक दुई पोज फोटो लियौं । म सोचाईमा परिहाले । दशैँसँग यी सज्जनको के साईनो होला ? पंक्तिकार झन्डै एक दशक मध्य पूर्वमा बस्दा त्यहाँ मनाउने चाडपर्वमा रमाउने भैसकेको थिएँ । नेपाली समुदायमा परम्परागत रुपमा मनाइने चाडपर्वमा पनि तेरो मेरो भन्ने भ्रम परेको छ । सल्लेरीमा यस विषयमा थप अध्ययन गर्नेछुँ । म चिसिएँ !

शेर्पा जातिको बाहुल्य रहेको यस क्षेत्रमा औपचारिक रुपमा दशैँ नमनाए पनि दशैँको आनन्द लिन्छन् । तर, तिहार मनाउने चलन छ यहाँ । सदरमुकाम भन्दा तल्लो क्षेत्रमा मिश्रति समुदायको बसोबास छ । माथिल्लो क्षेत्रमा शेर्पा जातिको बाहुल्यता छ । चाडपर्वमा एकापसको बुझाई यस्तै छ । एकले अर्कोलाई सम्मान गर्छन । आनन्द लिन्छन । ती सज्जनको दशैँ प्रतिक्षा नेपाली समुदायको विशेषता हो । यो दशैंले नेपाली समुदायमा हुर्केका यस्ता साझा विशेषतालाई संरक्षण गर्न सकोस् । दुर्गे भवानी असत्य माथि सत्यको जीतको प्रतिकको रुपमा तिमी बन्दनीय छौ ।
( लेखकले हालै मध्य पहाडी र उच्च हिमाली क्षेत्रमा गरेको भ्रमण अनुभव क्रमशः प्रकाशित हुनेछ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?