नायक दिकपाल कार्कीको चर्चा चलचित्र भन्दा मोडलिङ दुनियाँमा धेरै छ । मोडलिङ क्षेत्रमा चर्चित बनेका दिकपालको चलचित्र करिअर भने गतिलो तरिकाले अगाडि बढ्न सकेको छैन । उनले अभिनय गरेको पहिलो चलचित्र ‘रंग बैजनी’ पूर्ण रुपमा असफल भयो । यसपछि उनले केही समय चलचित्र पाएनन् ।
दोश्रो चलचित्रको रुपमा उनले ‘च्याम्पिएन’मा काम गरे । तर, यो चलचित्रको निर्माणपक्ष र उनीविच पनि सुमधुर सम्बन्ध छैन भन्ने देखिएको छ । चलचित्रमा समावेश एक प्रेमगीत युटुबबाट सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएसँगै दिकपालले सामाजिक संजाल मार्फत निर्माणपक्षसँग असन्तुष्टी पोखेका छन् । उनले गीत सार्वजनिक गर्दा आफूलाई जानकारी नगराइएको भन्दै आफू पनि कमजोर बायोग्राफी भएको कलाकार नभएको बताएका छन् ।
उनले आफूले मोडलिङमा पनि राम्रो स्थान जमाएको र शम्भु प्रधान जस्ता निर्देशकसँग काम गरिसकेको लेख्दै ‘च्याम्पिएन’मा काम गर्नु खासै ठूलो उपलब्धी पनि नभएको बताएका छन् । निर्माण यूनिटले चलचित्रका लागि नायक निखिल उप्रेतीलाई लिने चर्चा थियो । तर, निखिलले समय नभएको बताएपछि दिकपाल चलचित्रमा छानिएका थिए ।
दिकपालले चलचित्रमा काम गर्नु आफ्ना लागि खासै उपलब्धीमुलक नभएको भन्दै ‘रंग वैजनी’ जस्तो चलचित्रमा काम गरेको बताएका छन् । तर, दिकपालको पहिलो डेब्यू चलचित्र असफल भएको थियो । यसैले पनि गीत सार्वजनिक गरेको कुरा जानकारी नगराउँदैमा नायकले यसरी घमण्डीपन देखाउनु तार्किक नहुने धेरैको विश्लेषण छ ।
नयाँ निर्माता कृष्ण पोख्रेलले बनाएको यो चलचित्रको प्रदर्शन मिति तय भएको छैन । नेपालमा युटुबमा गीत रिलिज हुँदा कलाकारले आफ्नै तरिकाले प्रमोशन गरेको देखिन्छ । तर, दिकपाल पनि आफ्नै चलचित्रका निर्माता र निर्देशकमाथि खनिएका छन् ।
प्रतिक्रिया 4