विश्वकै चर्चित म्यूजिक अवार्डको रुपमा चिनिएको ‘ग्रामी अवार्ड २०१६’का लागि नोमिनेशन सार्वजनिक गरिएको छ । विभिन्न २१ वटा विधामा नोमिनेशन सार्वजनिक गरिएको हो । टेलर स्विफ्ट, द विकेन्ड र केन्डि्रक ल्यामारा ७ वटा विधामा नोमिनेशनमा परेका छन् । टेलर रेकर्ड अफ दि इयर , एल्बम अफ दि इयर , बेस्ट म्यूजिक भिडियो अफ दि इयर , बेस्ट पप सोलो पर्फमेन्स,लगाएतका सात बिधाका लागि मनोनयनमा परेकी छिन् ।
यो अवार्ड विश्वलाई नै प्रतिक्षामा रहेको हुन्छ । अवार्ड कसले पाउने भन्ने त चर्चा यसै नै रहन्छ, त्यसमा पनि चर्चित सुन्दरीहरुको ग्ल्यामर पहिरन र रेड कार्पेट अपिलले अवार्डलाई अझ चर्चामा ल्यादिने गरेको छ । अवार्डमा पुग्ने सुन्दरीले लगाउने पहिरनले मिडियामा उच्च स्थान पाएका छन् । अवार्ड पाउनका लागि पनि संगीतप्रेमीहरुविच तछाडमछाड भएको देखिन्छ ।
यहाँ हामीले महत्वपुर्ण ३ विधामा नोमिनेशनमा परेका संगीतकर्मीको नाम समावेश गरेका छौः
रेकर्ड अफ द इयर
रिअल्ली लभ – डी एन्जेलो
अपटाउन फन्क – मार्क रोबसन
थिङकिङ आउट लाउड – एड सेरन
ब्ल्याङ्क स्पेस – टेलर स्विफ्ट
कनन्ट फिल माइ फेस – द विकेन्ड
सङ अफ द इयर
अलराइट – केन्डि्रक ल्यामार
ब्ल्याङक स्पेस – टेलर स्विफ्ट
गर्ल क्रुस – लिटिल बिग टाउन
सी यू अगेन – विज खलिफा फिचरिङ चार्ली पुथ
थिङकिङ आउट लाउड – एड सेरन
बेस्ट न्यू आर्टिस्ट
कोर्टनी बार्नेट
जेम्स वे
साम हन्ट
तोरी केली
मेघन टे्रनर
प्रतिक्रिया 4