+
+

बद्री पंगेनी भन्दैछन्-मिल केपी-प्रचण्ड, मिल सुशील दाइ, एकताको खाँचो छ अहिले देशलाई

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २३ गते १०:०३

badri-pangani

काठमाडौं । भारतले लगाएको अघोषित नाकाबन्दीमा विषयमा शीर्षदलका नेताहरुले आ-आफ्नै शैलीले ब्याख्या गरेको गायक बद्री पंगेनीलाई मन परेको रहेनछ ।

उनी भन्दैछन- ‘स्वाधिनताका विषयमा सबै दलका नेता एक हुनैपर्छ आ-आफ्नै शैलीले ब्याख्या गरेर हुन्न ।’

यीनै विषयमा केन्दि्रत गरेर नयाँ गीत लिएर आएका छन् ‘स्वाधिनता’ । जुन गीतमा भारतले नाकाबन्दी गरेर पारबहन सन्धी उल्लंघन गरेको देखि नेपालले कुटनीतिक कौशलता देखाउन नसकेको समेत प्रसंग छ ।

फेरि मुलुकले नाकाबन्दीको सामाना गर्न नपरोस् भन्दै समस्या समाधानका स्थाई संयन्त्र खोज्न समेत आग्रह गरेका छन् उनले ।

मिल केपी-प्रचण्ड, मिल सुशील दाई
एकताको खाँचो छ, अहिले देशलाई
अभावमा बाँच्न सक्छौं दुखमा हाँस्न सक्छौं
यो देशको स्वाधिनतालाई शीरमा राखेर
पानीले पेट भरौंला, बरु भोकै मरौंला
बसिदैन छिमेकीको मुख ताकेर
मिल केपी प्रचण्ड, मिस शुसिल दाइ
एकताको खाँचो छ अहिले देशलाई…

पंगेनीको भनाईमा राष्ट्रलाई समस्या परेको बेला हरेकले आफ्नो क्षेत्रवाट सहयोग गर्नुपर्छ । ‘पत्रकारले समाचार लेखे होला साहित्यकारले गीत कबिता । मैले आफ्नो तर्फवाट गीत लेखें गाएँ ।’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने ।

लोकगीतमा जनजीविकाका प्रसंगलाई विषेश स्थान दिने यी गायक गीत संगीतमा कुनै न कुनै रुपमा आफ्नो पन झल्किनुपर्ने मान्यता राख्छन् । यो गीत मनोरञ्जनसँगै सन्देशका लागि पनि भएको उनको भनाई छ ।

गीतमा बद्री आफैंले मोडलिङ गरेका छन् भने पार्वती राई, शंकर बिसीदेखि केही सञ्चारकर्मी समेत देखिएका छन् । विन्धवासीनी म्युजिकको प्रस्तुतिमा यो भिडियो बजारमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?