काठमाडौं । विवादित लोकगायिका एवम् मोडल ज्योती मगरलाई बेलायतले भिसा दिन इन्कार गरेको छ । वेलायतका विभिन्न १३ स्थानमा आयोजना गरिएको कार्यक्रममा ज्योतीलाई उफार्ने आयोजक संस्थाको योजना असफल भयो ।
बि्रटिश गोर्खा नेप्लीज काउन्सिलले बेलायतको ननिटन, आसफोर्ड, क्याटरिक, बेइजिङस्टोक, लण्डन लगायतका स्थानमा कार्यक्रम गर्दैछ । ती सबै कार्यक्रममा अब गायिका इन्दिरा जोशी छाउने भएकी छिन् ।
कार्यक्रमका लागि हल बुक भैसकेको र कतिपय स्थानमा टिकट समेत बिक्री भैसकेकाले आयोजकलाई जसरी पनि सोही मितिमा कार्यक्रम गर्नुपर्ने दवाब थियो । इन्दिरासँग बेलायतको भिसा भएकाले समस्या टरेको आयोजक संस्थाको भनाई छ । ज्योतीसंँगै आवेदन दिएका संगीतकार ताराप्रकाश लिम्बुले पनि भिसा पाएनन् । तर नृत्य निर्देशक गोबिन्द राई र हाँस्य कलाकार महेन्द्र बग्दासको भने भिसा लागेको छ ।
इन्दिरा र ज्योती कसको प्रभाव बढी ?
गायिका इन्दिरा जोशीको गायन र स्टेज पर्फमेन्सका फ्यानहरु पक्कै पनि ज्योतीको भन्दा धेरै छन् । तर स्टेजमा उत्तेजक हाउभाउ र नखरा देखाएर माहोल तताउन आयोजकहरु ज्योतीलाई खोज्छन् ।
आफ्नो गीतमा प्राय आफैं अभिनय गर्ने इन्दिरा स्टेजका लागि नेपाली अत्यधिक ब्यस्त गायिका हुन् । नेपाली शाकिरा समेत भनिने इन्दिराले स्वदेश एवं विदेशका स्टेजमा स्वर मात्रै नभएर अभिनय समेत प्रस्तुत गर्ने गरेकी छिन् । उनको स्टेज कलाको तारिफ ठिटादेखि पाकासम्मले गर्दै आएका छन् ।
ज्योति मगर पनि स्टेजका लागि चर्चित पात्र हुन् । तर, कतिपय स्टेजमा बद्नाम समेत भएकी छिन् । स्वदेश एवं विदेशमा आयोजित कार्यक्रममा अश्लिलता देखाएको आरोप उनीमाथि पटक-पटक लाग्ने गरेको छ । उनको गीत सुन्न भन्दा पनि शरिर हेर्न स्टेजमा झुम्मिने दर्शक धेरै झुम्मिने गरेको विश्वास गरिन्छ ।
बेलायतमा ज्योतीको प्रतिक्षामा रहेका यस्ता दर्शकहरु निराश भने पक्कै हुने छैनन । किनकी ‘छुनलाई होईन हेर्न चाँही पाईन्छ’ गीतकी गायिका पनि कम सेक्सी छैनन् ।
प्रतिक्रिया 4