बलिउड अभिनेता सलमान खानलाई बम्बई उच्च अदालतले ‘हिट एन्ड रन’ को मुद्दामा सफाई दिएको छ । सलमानलाई अदालतमा फैसलाको प्रति थमाउँदै न्यायधिसले भने, ‘तपाईं निर्दोष हुनुहुन्छ ।’
अदालतले सलमानको पासपोर्ट फिर्ता दिन आदेश गरेको छ । तल्लो अदालतको आदेशपछि जफत गरिएको थियो । फैसलामा प्रहरीले उपलब्ध गराएको अंगरक्षक रवीन्द्र पाटिलको बयान विश्वसनीय नरहेको भन्दै खारेज गरिदिएको छ । साथै पिडित पक्षको साक्षी तथा प्रमाण मजबुत नभएको र सलमानले नै गाडी चलाएको भन्ने पुष्टि नभएको समेत फैसलामा उल्लेख छ ।
‘सलमानले सो दिन नशा सेवन गरेको पनि सावित हुन सकेन,’ फैसलामा भनिएको छ, ‘घटनास्थलका मुचुल्कामा पनि कयौं त्रुटीहरु भेटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4