+
+

२२ बुँदे प्रतिबद्धता पत्रसहित लय संग्रौला चुनावमा होमिए, एमाओवादी र एमालेको गठबन्धन

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २५ गते १०:१४

laya-sangraula
नेपाल चलचित्र कलाकार संघको भोली हुने निर्वाचनका लागि अहिले सरगर्मी ह्वात्तै बढेको छ । यस्तो लाग्छ, अहिले ४ सय जना भोटर भएको कलाकार संघको नभएर देशमै आम निर्वाचनको अवस्था हो ।

अध्यक्ष पदका लागि उम्मेदवारी दिएको लय संग्रौलाले २२ बुँदे प्रतिबद्धता पत्र नै सार्वजनिक गरेका छन् । लयको प्रतिवद्धतामा संगठनलाई एकतावद्ध बनाउनेदेखि कलाकारको जीवनविमा गर्नेसम्मका कुरा छन् । उनको प्रत्याशीको रुपमा रामकेशर बोगटी र बिशाल बिष्ट पनि अगाडि आएका छन् ।

चलचित्र कलाकार संघको निर्वाचनमा एमाओवादी र नेकपा एमाले निकट चलचित्रकर्मीको गठबन्धन पनि देखिएको छ । महासचिव पदमा एमाओवादी निकट कृष्ण ढुंगाना अगाडि आएपछि कलाकार उत्तम केसीले उम्मेदवारी फिर्ता लिइसकेका छन् । एमालेका तर्फबाट केशव भट्टराई र एमाओवादीका तर्फबाट केपी पाठक लगायतका चलचित्रकर्मी अगाडि आएका छन् ।
लयले पत्रकार सम्मेलन गरेर जारी गरेका प्रतिवद्धता पत्रमा उल्लेख २२ बुँदा यस्ता छन्ः

१. अभिनय पेसामा आबद्ध कलाकारहरुको लागि पेसागत हकहितको सुनिश्चित गर्न संगठनात्मक तबरबाट सामुहिक प्रयास गर्नेछौँ ।

२. सम्पूर्ण चलचित्र कलाकारहरुको जीवन विमाको वैधानिक व्यवस्था आगामी कार्यकालभित्रै सम्पन्न गर्ने कार्ययोजना नेपाल सरकारमा प्रस्तुत      गर्नेछौँ ।

३. संघको विधिवत रुपमा जग्गा प्राप्तिपछि तीन महिनाभित्र संघको भवन निर्माण कार्य अगाडि बढाउनेछौँ । साथै चलचित्रसँग सम्बन्धित सबै संघ  संस्था उक्त भवनमा रहने गरी चलचित्र–कला भवन बनाउने छौँँ ।

४. चलचित्रमा अभिनय गर्नका लागि अनिवार्य रुपमा संघको सदस्यता लिनै पर्ने बाध्यतात्मक व्यवस्था गर्नेछौ । साथै अभिनय पेसामा आबद्ध  कलाकारहरुको परिचयपत्र नीतिसंगत एवं व्यवस्थित बनाई सदस्यता वितरण प्रक्रिया चुस्त–स्फूर्त र नियमसम्मत बनाउनेछौँ ।

५. कलाकार र निजसँग सम्बन्धित पारिवारिक तथा सांगठनिक विवाद र कलाकारमाथि भएको अन्यायको विषयलाई मुख्य प्राथमिकता दिई संघमा छुट्टै न्यायिक समिति गठन गरी सोमार्फत अड्डा अदालतमा निःशुल्क मुद्दा लडिदिने समेतको व्यवस्था गर्नेछौँ ।

६. अग्रज कलाकारहरुको सम्मानका लागि सम्बन्धका आधारमा नभई योगदानका आधारमा सम्मानित एवं पुरस्कृत गर्ने व्यवस्था गर्नेछौँ ।

७. जुनियर कलाकारहरु प्रोत्साहनको लागि छुट्टै नवप्रतिभा पुरस्कारको व्यवस्था गरी प्रदान गर्नेछौँ र नव प्रतिभालाई पेसामा नियमितता दिनका लागि विशेष व्यवस्था गर्नेछौँ ।

८. संघका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु पूर्ण क्रियाशील हुने गरी विभिन्न उपसमितिहरु गठन गरी आम कलाकारको हक–हितको संरक्षणका लागि नियमित रुपमा परिचालित गर्नेछौँ ।

९.कलाकार संघलाई विशुद्ध सेलिब्रेटीहरुको उच्चस्तरीय सम्मानित संस्था बनाउनेछौँ । वर्तमानमा कलाकार संघमा सदस्य रहेका सबै सदस्यहरुलाई राष्ट्रको तर्पmबाट सेलिब्रेटी कार्ड उपलब्ध गराउनेछौँ ।

१०. कलाकारहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनका निम्ति कम्तिमा वर्षको दुईवटा तालिम तथा कार्यशाला गोष्ठी आदिको आयोजना गर्नेछौँ ।

११. सरकार तथा विभिन्न उद्योग व्यवसायीसँग समन्वय गरी एउटा छुट्टै कम्तिमा २० लाख सम्मको कलाकार कल्याण कोषको स्थापना गरी समस्यामा परेका सदस्य कलाकारलाई सहयोग पु¥याउने व्यवस्था गर्नेछौँ ।

१२. वर्तमान परिस्थिति अनुसार सबै व्यक्ति कुनै न कुनै राजनीतिक आस्थाको निकट रहने भए तापनि संघभित्र कुनै दल वा विचारको प्रभाव पर्न वा पार्न दिनेछैनौँ ।

१३. राजधानीभित्र मात्र नभएर सिंगो देशैभरि चलचित्र कलाकारहरु छरिएर बसेको अवस्थामा संघको पहुँच देशैभरि पु¥याएर संघले अभिभावकत्व प्रदान गरेको अनूभूति दिलाउनेछौँ ।

१४. नेपाली चलचित्रको संरक्षण सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै चलचित्र उद्योगलाई स्थापित गर्न आवश्यक भूमिका निर्वाह गर्नेछौँ ।

१५. राष्ट्रिय चलचित्र नीतिलाई पूर्ण कार्यान्वयन गर्न गराउन लागिपर्नेछौँ ।

१६. चलचित्र एककेडेमी गठन गर्न पहल गर्नेछौँ ।

१७. श्रमजीवी चलचित्रकर्मी ऐन निर्माणका लागि पहल गर्नेछौँ ।

१८. अभिनयकर्मीहरुको पेशाको सुरक्षा र प्रवद्र्धन गर्दै लामो समयसम्म कला–संस्कृति र चलचित्रसँग आवद्ध भई जीवनको उत्तरार्धमा कठिन जीवनयापन गर्न बाध्य कलाकारहरुका लागि मासिक भत्ताको व्यवस्था चलचित्र विकास बोर्ड मार्फत र संघ मार्फत गर्ने–गराउनेछौँ ।

१९. हामी हाम्रै कलाकारलाई परिचालित गरेर वृहत आर्थिक कोष निर्माण गरी सदस्यकै हितका लागि प्रयोग गर्दै जानेछौँ ।

२०. फेडेरेसन अफ इन्टरनेसनल एक्टर्स को अन्तर्राष्ट्रिय कन्भेन्सनमा बढीमा १० जनासम्म अभिनयकर्मी कलाकारहरुलाई भाग लिन जानसक्ने व्यवस्थाका लागि पहल गरी औपचारिकता दिलाई अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नेछौँ ।

२१. विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसँग सहकार्य गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा तालिम कार्यक्रमहरुमा अभिनयकर्मी कलाकारहरुलाई प्राथमिकताका आधारमा सहभागी गराउनेछौँ ।

२२. सम्पूर्ण चलचित्र पेशाकर्मीहरुलाई एकै बस्तीभित्र राख्न सकिने गरी चलचित्र–ग्राम निर्माण गर्ने हाम्रो परिकल्पनालाई साकार पार्न विभिन्न उपायहरु अवलम्वन गर्नेछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?