गत साता भारत भ्रमणमा रहेका बेलायती राजकुमार विलियम र केट विडलटनले क्रिकेट खेलेको र हात्तीलाई खान दिएको निकै चर्चा भयो । तर, प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट इन्टरनेटमा भाइरल बन्यो ।
मोदीले विलियमसँग हात मिलाएको तस्वीरलाई लिएर यो चर्चा भएको हो । भारतीय प्रधानमन्त्री मोदीले बलियोसँग हात मिलाउँदा वियिम्सको हातमा औलाको सेतो डाम नै बसेको छ ।
जसलाई मोदीको ‘बलियो कूटनीतिक पकड’को छाप भनिएको छ । पिपुल्स डेली चाइनाले यो तस्वीर टि्वट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सबैभन्दा सशक्त हृयाण्डसेक भनिएको छ ।
It must be quite a strong handshake with #Indian PM Nanrendra Modi by just looking at the Prince’s hand pic.twitter.com/z0q0BDtwU5
— People’s Daily,China (@PDChina) April 13, 2016
सीएनएनले भने मोदीले विलियममाथि ‘बलियो कूटनीतिक पकड’को छाप छाडेको भनेको छ ।
बेलायती राजकुमार विलियम र राजकुमारी केटको सम्मानमा मंगलबार दिल्लीको हैदराबाद हाउसमा भोज दिएका थिए । त्यस क्रममा मोदीले दुबैसँग सामूहिक तस्वीर पनि खिचाए ।
प्रतिक्रिया 4