+
+

एउटै मञ्चमा आठ एल्बमको बिमोचन

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ७ गते ११:४९

look-picकाठमाडौं । विभिन्न आठ कलाकारको आठ एल्बमको एकसाथ विमोचन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले एल्बमको विमोचन गरेका थिए ।

बिपेस घिमिरेको स्वर्ग, सेरसिङ खड्का र जीवन कुँवरको किन धोका दियौं, भद्रबहादुर क्षेत्रीको पाइला अघि सार्नै गाह्रो भो, होमनाथ कुँवरको रहिछेउ तिमी घाती रहेको छ ।

त्यस्तै सिर्जना तामाङ र सुबिन अधिकारीको कहिले कही त साह्रै मन रुन्छ, अशिम सारु मगरको यही हो तिमीलाई माया गर्ने मुटु, रामु जि सि र धिरज घर्तीको निभ्यो हाम्रो पिरतिको दियो, रामु भण्डारीको रोज्यौ धनी गर्यौ तिमीले घातको विमोचन गरिएको थियो ।

शुभारम्भ डिजिटलले बजारमा ल्याएको एल्मब विमोचन कार्यक्रम राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कलाकारहरुले नेपाली कला संस्कृतिको जेगर्नामा लोकगीतले महत्वपूर्ण भूमिका खेलेको धारणा राखे । राज्यले कलाकारहरुलाई उपेक्षा गर्न नहुने भन्दै संस्कृति जगेर्नाका लागि राज्य स्वयं गम्भीर हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले नेपाल विविध जातिको संस्कृतिले भरिएको मुलुक रहेको उल्लेख गर्दै नेपाली संस्कृतिको जगेर्नाका लागि आफू सदैव प्रतिबद्ध रहने बताए ।

लोकसञ्चारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपालले पछिल्लो समय खस्कँदै गएको सांगीतिक बजारप्रति लक्षित गर्दै नेपाल सरकारले यसलाई विकृतिरहित र व्यवस्थित बनाउनका लागि पहल गर्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?