+
+

वैशाख महिनामा ऋचालाई यसकारण हुँदैछ तनाव

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ८ गते १४:२७

richa sharma photo
नहोस् पनि कसरी, गतबर्ष असफल चलचित्र दिएर छायाँमा परेकी नायिका ऋचा शर्मालाई यो बर्ष हिट हुनुछ । तर, निरन्तर २ वटा चलचित्र रिलिज हुने भएपछि नायिका ऋचालाई तनाव नहुने कुरै भएन ।

नायिका शर्मा अभिनित २ चलचित्र लगातार दुई शुक्रबार हलमा लाग्दैछन् । जसले गर्दा पनि ऋचालाई कुन चलचित्रको प्रचारमा हिड्ने भन्ने समस्या त छदै छ । कुनै बर्ष चलचित्र नै नआउने त कुनै बर्ष एकै महिनामा २ चलचित्र रिलिज हुने हुँदा पनि कलाकार तनावमा पर्छन् । बक्स अफिसमा चलचित्र असफल हुँदा कलाकारको पनि चर्को आलोचना हुन्छ ।

बैशाख १० गते ऋचाको मुख्य भूमिका रहेको चलचित्र ‘बाटो मुनिको फूल’ रिलिज हुँदैछ । यो चलचित्र रिलिज भएको एक सातापछि अर्थात वैशाख १७ मा ‘जंगे’ रिलिज हुँदैछ । एउटै कलाकारको चलचित्र केही फरक समयमा रिलिज भएको खण्डमा प्रचारका लागि पनि सजिलो हुन्छ । तर, निरन्तर एउटै महिनामा चलचित्र आउँदा समस्या पर्न जान्छ । यसैले यो वैशाख महिना आफ्ना लागि विशेष भएको ऋचा सुनाउँछिन् ।

दुबै चलचित्र सफल भएत ऋचाका लागि दुबै हातमा लड्डु नै  हुन्थ्यो, नभए के होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?