+
+

धनुषा जिविसमा विकासभन्दा तलब भत्तामा धेरै खर्च

राजकमल सिंह राजकमल सिंह
२०७३ वैशाख १० गते १६:४५

१० वैशाख, जनकपुरधाम । योजना बनाएर ल्याएका उपभोक्ताहरुलाई बजेट छैन भन्दै टार्दै आएको जिल्ला विकास समिति धनुषाले चैत मसान्तसम्म विकासभन्दा तलब भत्तामा बढी बजेट खर्च गरेको पाइएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाको प्रतिवेदनअनुसार जिविसमा विकासभन्दा बढी तलब भत्तामा खर्च भएको छ ।

Jibisa-Dhanusaआर्थिक वर्ष ०७२/७३ का लागि सार्वजनिक भएको बजेट ९ महिना वितिसक्दा समेत जिविस धनुषाले लक्ष्य अनुरुपको विकास बजेट खर्च गर्न सकेको छैन । आर्थिक वर्ष सकिन तीन महिना पनि बाँकी छैन । लक्ष्यअनुरुप विकास बजेट खर्च गर्न नसेको जिविस धनुषाले भने तलब भत्ता तर्फ ५१ दशमलव ३२ प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाको तथ्यांकअनुसार जिविस धनुषाले पूँजीगत तर्फ कुल बजेटमध्ये चैतसम्म ४६ दशमलव ९६ प्रतिशत मात्र खर्च गरेको छ । जिविसको चालुगत तर्फ १ अर्व २५ करोड २२ लाख ७१ हजार मध्ये ६७ करोड ७२ लाख ५३ हजार र पूँजीगत तर्फ २ करोड १६ लाख ३० हजार मध्ये १ करोड १ लाख ५७ हजार खर्च गरेको छ ।

गत आर्थिक वर्ष ०७१/७२ को चैतसम्म जिविस धनुषाले चालुगत तर्फ १ अर्व ५७ करोड ३३ लाख ४६ हजार ७ सय १८ रुपैयाँमध्ये ८० करोड ८४ लाख ९८ हजार ८ सय ४१ अर्थात ५१ दशमलव ३९ प्रतिशत बजेट खर्च गरेको थियो । सोही अवधिमा पूँजीगत तर्फ १३ करोड ७६ लाख १६ हजारमध्ये ३ करोड २४ लाख ९४ हजार २ सय २४ अर्थात २३ दशमलव ६१ प्रतिशत बजेट मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाको तथ्यांक छ ।

जिल्लामा विकास बजेट उपयोग गर्ने प्रवृत्तिका कारण विकास बजेट भन्दा तलब भत्तामा बढी खर्च देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाका प्रमुख डा. वीरेन्द्र कुमार मिश्रले बताए ।

तलब भत्ता तर्फ निकै आकर्षित जिविसका कार्मचारीहरुले विभिन्न बहानामा अझै पनि विकास निर्माणलाई तिव्रता दिन नसकेको स्थानीय बताउँछन् । तर, मधेस आन्दोलनका कारण विकास निर्माणले तिव्रता पाउन नसकेको धनुषाका स्थानिय विकास अधिकारी रामकृष्ण उप्रेतीले जिकिर गरे । यसै कारणले जिविसमा पूँजीगत भन्दा बढी चालुगत बजेट खर्च भएको उनले स्वीकार गरे ।

जिल्लाको विकाससंग प्रत्यक्ष सरोकार राख्ने जिविसले सेवाग्राहीको माग बमोजिम समयमै विकास बजेट खर्च गर्न नसक्दा प्रत्येक वर्ष ५० प्रतिशतभन्दा बढी बजेट फि्रज हुने अवस्था रहेको नेवि संघ धनुषाका युवा नेता गगन यादवको कथन छ । काम नै नगरी बजेट मात्र माग्ने कर्मचारीको प्रवृतिका कारण धनुषाको दुई तिहाईभन्दा बढी बजेट पि|mज हुने अवस्थामा पुगेको उनले बताए ।

जिविस धनुषा र जिल्ला प्राविधिक कार्यालय बीचको सम्बन्ध चिसो रहनुले पनि समग्र जिल्लाको प्रगतिमा बाधा पुगेको जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?