+
+

प्युठानमा जिप दुर्घटना, २ को मृत्यु, ९ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १२ गते १८:२४

Pyuthan-District

१२ वैशाख, प्युठान । प्युठानको मच्छी-ठूलावेसी सडक खण्डको लामासेरामा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

लु १ ज १७४३ नम्बरको जिप दुर्घटना हुँदा खुङ्ग निवासी अन्दाजी ४५ वर्षीय जनक जिसी र ४६ वर्षीय जगत जिसीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले जानकारी दिए । मृतक दुई दाजुभाई हुन् ।

प्रहरी र स्थानीयवासीले घटनास्थलमा उद्धार गरेका थिए । जीप बाग्दुलाबाट खुंगतर्फ जाँदै थियो । जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?