+
+

तास खेल्ने र खेलाउने १० जनालाई मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १७ गते १७:४५

१७ वैशाख, भरतपुर । चितवनमा तास खेल्दै गरेको अबस्थामा पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत मुद्दा चलाई कार्वाही सुरु गरिएको छ ।

Playing-Cardगएको १५ गते दारेचोक-३ कुरिनटारबाट तास खेल्दै गरेको अवस्थामा पक्राउ परेका दसै जनालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाई कार्वाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दारेचोक-३ का दिपेश श्रेष्ठ, समिर तिवारी, कृष्णबहादुर गुरुङ, टेकमान श्रेष्ठ, फुलमाया श्रेष्ठ, सोना आले, उद्धवप्रसाद उप्रेती, रमेश गुरुङ र डम्बरबहादुर गुरुङलाई मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

तासको खालबाट ४१ हजार एक ५५ रुपैयाँ नगद बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?