Comments Add Comment

सिड्नीमा ड्रीम्सको भब्य शो, अनमोललाई विवाहको प्रस्ताव !

anmol-and-bhuwan-kc-2
अष्टेलिया  । जब शुक्रबार साँझ सिड्नीको टाउन हलमा रहेको ईभेन्ट सिनेमाको परिसरमा नेपाली सिनेमाका ‘हट केक’ अनमोल केसी देखा परे, तब उनलाई छुन र उनीसँग तस्बिर खिचाउन चाहने नेपालीहरूको हुल नै उर्लियो ।विशेष गरेर अध्यनका लागि अष्ट्रेलिया आएका नेपाली विद्यार्थीहरूको उपस्थितिलाई थेग्नै गार्हो भयो त्यहाँ  । नेपाली चलचित्र हेर्न विद्यार्थीहरूको यस्तो भिड पहिलोपटक देखेको कुराले पनि त्यहाँ चर्चा पायो ।

चलचित्र ड्रीम्सको शोका लागि आफ्ना पिता तथा सदाबहार नायक भुवन केसीकासाथ अनमोलको यात्रा पहिलोपटक थियो ।

‘पहिलोपटक नै यति धेरै माया पाएँ कि यो मायालाई म भूल्न सक्दिन’ अनमोलले अनलानखबरसँग भने । शो सुरू हुन ढिला भैसकेको थियो, तैपनि भुवन र अनमोलसँग तस्बिर खिचाउने दर्शकहरूको संख्या घटेको थिएन ।
कुनाबाट नारी आवाज आयो ‘आई लभ यू अनमोल । यू म्यारिड मी …? ‘ बाठा अनमोलले पनि तुरून्त जवाफ दिईहाले -‘ तपाईं मलाई माया गर्नुहुन्छ म तपाईंलाई माया गर्छु , बिबाह भन्दा ठूलो भएन र यो …’
anmol-and-bhuwan-kc
आयोजकले सिड्नीमा तीन शो मात्र सोचेकोमा भीड नघटेकोले थप शो गर्नेतिर पनि सोच बनायो । ‘फिल्म साँच्चै गजबको रहेछ, मन छोयो’ फिल्म हेरेपछि केशव सापकोटाले भने ।

अधिकांश दर्शकहरूले चलचित्रको विषयवस्तु र अनमोलको काम मन परेको प्रतिक्रिया दिए । यो चलचित्रलाई अष्ट्रेलियामा ल्याएर आफूले स्वादिलो नेपाली चलचित्र हेर्न खोज्ने नेपालीहरूको ईच्छा पूरा गरेकोमा खुशी लागेको बताए आयोजकले ।

चलचित्रका निर्देशक तथा निर्माता भुवन केसी पनि कम दंग छैनन । उनी भन्दै थिए,’चलचित्र जस्तै सालिन र भद्र नेपाली दर्शकहरू पाएँ मैले, चलचित्र मन पराई दिनुभयो, आनन्द लागेको छ ।’ अब यो चलचित्र थप दुई शो सिड्नीमा चल्ने भएको छ भने त्यसपछि अष्ट्रेलियाका अन्य शहरहरूमा पनि प्रर्दशन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment