+
+

विवादको घेरामा अनमोल र श्रृष्टीको ‘गाजलु’, कारण छ यस्तो

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २१ गते १२:४६

anmol and shristhi
नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको जोडीले अभिनय गरेको चलचित्र ‘गाजलु’ विवादमा फस्ने संकेत देखिएको छ । चलचित्रको बिषयलाई लिएर कुमारी घरले प्रश्न उठाएपछि निर्माता रोहित अधिकारी केही तनावमा देखिएका छन् । चलचित्रले वाल्यकालमा कुमारी जीवन विताएकी यूवती कुमारी नरहेपछि के हुन्छ भन्ने कथालाई उठान गरेको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि कुमारी घरले आफूहरुलाई बोलाएर बिषयवस्तुको बिषयमा सोधपुछ गरेको निर्माता रोहित अधिकारीले बताए ।

रोहितले जारी गरेको विज्ञप्तीमा भनिएको छ-‘चलचित्र कुनै पनि जाति विशेषको सम्प्रदाय परम्परालाई लिएर कोही कसैको मनोभावना तथा संकृतिलाई ठेस पुर्‍याउने उद्देश्यले प्रस्तुत गर्न खोजिएको होइन ।’ चलचित्रमा समावेश केही संवादहरु कथाको माग भएकाले समावेश गरिएको रोहितले जारी गरेको विज्ञप्तीमा समावेश छ ।

चलचित्र हलमा रिलिज हुनुपूर्व सेन्सर पास भएपछि कुमारी घरका पदाधिकारीलाई देखाएर आपसी सरसल्लाहा अनुसार हलमा रिलिज गरिने प्रतिवद्धता निर्माता रोहितले जनाएका छन् । हेमराज वीसीले निर्देशन गरेको यो चलचित्रमा श्रृष्टी कुमारी यूवतीको भूमिकामा देखिएकी छिन् ।

चलचित्रमा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रको ट्रेलरलाई अहिले रुचाइएको छ । जेठ २८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?