२४ वैशाख, काठमाडौं । अमेरिकाको १० दिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानसेनापति राजेन्द्र क्षत्री बिहीबार राति स्वदेश फर्किएका छन् ।
प्रधान सेनापति क्षत्रीलाईर् बलाधिकृत रथी बलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियोे ।
अमेरिकी सेनाको औपचारिक निमन्त्रणामा वैशाख १२ गते अमेरिकाको औपचारिक भ्रमणमा निस्केका महारथी क्षत्रीले त्यहाँ इन्टरनेशनल हल अफ फेममा दुईवटा सम्मान ग्रहण गरेका थिए ।
भ्रमणका क्रममा महारथी क्षत्रीले पेण्टागनस्थित अमेरिकी रक्षा मन्त्रालयको मुख्यालयको निरक्षण गर्नुका साथै अमेरिकी सेना र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4