चलचित्र ‘बाटोमुनिको फूल २’’ को टोलीलाई बुटवलका बिभिन्न संघ संस्थाले संयुक्त रुपमा सम्मान गरेका छन् । छुवाछुतलाई मुख्य बिषय बनाई निर्माण गरिएको चलचित्रका निर्माता, नायक एंव गायक यशकुमार र नायिका अशिष्मा नकर्मी बुटवलमा सम्मानित भएका हुन् । रुपन्देहीका विभिन्न संघसंस्थाले बुटवलको भ्यू सिनेमामा चलचित्रको बिशेष प्रर्दशनी सहित उनीहरुलाइ सम्मान गरेका थिए ।
समाजमा बर्षोदेखि जरा गाडेको जातीय छुवाछुतको बिषयलाई ठूलो पर्दामा उतार्नु निकै चुनौतीपूर्ण रहेको भन्दै कलाकारको प्रोत्साहनका लागि सम्मान गरिएको जनाइएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष प्रेमकुमार सेन्चुरीले सम्मानपत्र र दोसल्ला ओढाएर चलचित्रका निर्माता यशकुमारलाई सम्मान गरका थिए ।
निर्माता एंव गायक यश कुमारले कुनैबेला आफु एक्लै भएको महसुस गरेपनि अहिले धेरै नेपालीको साथ रहेको बताए । उनले समाज परिवर्तनका लागि काम गर्ने हरेकलाई सम्मान गर्नुपर्ने बताए ।
सम्मान कार्यक्रमपछि नायक यशकुमार र नायिका आशिष्मा नकर्मीले दर्शकहका साथमा चलचित्र हेरेका थिए ।
प्रतिक्रिया 4