+
+

नेपाल भारत सीमाना छुट्याउने ११ सय सीमास्तम्भ बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २९ गते ६:४७

२९ वैशाख, काठमाडौं । नेपाल भारत सीमाना छुट्याउने १ हजार १ सय सीमास्तम्भ (जंगेपिल्लर) बेपत्ता भएका छन् ।

sima stambhaभारतीय पक्षबाट हुँदै आएको सीमा अतिक्रमण, बाढी पहिरो तथा संरक्षणमा देखिएको सरकारी उदासिनताका कारण सीमास्तम्भ हराउँदा ६० हजार हेक्टर जमिन मिचिएको आजको कारोबार दैनिकमा समाचार छ ।

नापी विभागको तथ्थांक अनुसार भारतसँग सीमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा ६० हजार ६ सय ६२ हेक्टर सीमा अतिक्रमण भएको छ ।

नेपाल भारत सीमा १ हजार ८८० किमी छ, जसको सुरक्षामा भारतले ५० हजार अर्धसैनिक बल खटाएको छ । तर, नेपालको सशस्त्र प्रहरी करिब ५ हजारमात्रै सीमा सुरक्षामा तैनाथ छन् ।

प्रत्येक एक किमी दूरीमा एसएसवीका २० देखि २५ जना फोज  तैनाथ छन् । तर , नेपालको सशस्त्र प्रहरी बल दशगजाबाट तीन किमीभित्र प्रत्येक एक किमी दूरीमा ४ देखि ६ जनासम्म परिचालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?