+
+

यूएईबाट छुट्टीमा नेपाल जाँदा म्युजिक भिडियो (भिडियोसहित)

आरपी सहयात्री आरपी सहयात्री
२०७३ वैशाख २९ गते १७:५०

Deepak-Kafle

यूएई । रोजगारीको क्रममा परदेशबाट एक महिने छुटीमा नेपाल फर्केका नेपालीले त्यो अवधिमा घुमघाम र आफन्तसँगको भेटघाटमै बिताउँछन् । तर, विगत ५ वर्षदेखि यूएईको एक कम्पनीमा सेल्सम्यानका रुपमा कार्यरत वालिङ-८, स्याङजाका दिपक काफ्लेले घुमघाममा मात्र समय बिताएनन् ।

गीत, संगीत, साहित्य, अभिनय तथा कलाकारितामा रुचि राख्ने २६ बर्षीय दिपकले एउटा आधुनिक गीतमा अभियन गर्न भ्याए । मोडलिङमा करिअर खोजिरहेका दिपकले ‘मानेन…मानेन….’ बोलको गीतमा मोडलिङ गरेका हुन् ।

नेपाली कलाकार समूह, यूएईका सदस्य उनलाई भिडियोमा साथ दिएकी छिन् बुटवलकी प्रीया भण्डारीले । गायक विक्रम राना र गायिका गीता पाइजाको स्वर रहेको उक्त गीतको शब्द तथा संगीत गायक स्वयंकोे छ ।

अबिरल फिल्मस प्रालिले बजारमा ल्याएको उक्त म्युजिक भिडियो विष्णु भट्राईले निर्देशन तथा सम्पादन गरेका छन् । बुटवल, रामापुरका रमणीय क्षेत्रहरुमा छायांकन गरिएको उक्त भिडियोमा विकास थापा र निरु रानाको जोडीले पनि अभियन गरेका छन् ।

हेर्नुस् भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?