+
+

पाँच बच्चा सहितको आमाको यो सेल्फी बन्यो भाइरल

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १ गते ५:४०

5 child selfiगत जनवरीमा एकसाथ पाँच बच्चा जन्माएकी एक २६ वर्षकी महिलाले हालै सोसल साइटमा आफ्नो एक सेल्फी अपलोड गरिन् । जसमा उनले आफ्ना पाँचै जना सन्तानलाई आफ्नो शिर वरीपरी राखेकी थिइन् । उक्त सेल्फी अहिले निकै चर्चामा छ ।

अस्ट्रेलियाको पर्थमा बस्ने किम टुचीलेे गत जनवरीमा पाएका पाँच बच्चाबच्ची सहितको क्यूट फोटो सोसल मिडियामा शेयर गरेकी हन् ।

किम र उनका पति वागनलाई सानो परिवार बसाउने इच्छा थियो । तर उनीहरुलाई एकसाथ पाँच सन्तानको सरप्राइज प्याकेज मिल्यो । यी पाँच बच्चा मध्ये चार छोरी र एक छोरा छन् ।

यसअघि नै तिन सन्तान रहेका यो दम्पतिका ८ जना बच्चाबच्ची पुगिसकेका छन् । एकै बेतमा ५ बच्चा जन्माउनु निकै दुर्लभ मामिला हो । एकैपटक पाँच बच्चा जन्माउनु कम गाह्रो तथा जोखिमपूर्ण थिएन । त्यसैले टुचीको प्रशवका दौरान अस्पतालमा ५० जना डाक्टरको टिम खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?