+
+

पाँचथरमा ट्रक दुर्घटना, ६ घाइते

रासस रासस
२०७३ जेठ ६ गते १७:१३

६ जेठ, पाँचथर । पाँचथरको एकतिनबाट फिदिमतर्फ गोलिया बोकेर आउँदै गरेको मालबाहक ट्रक आज बिहान एकतिन–२ स्थित पञ्चमुखी छेउमा दुर्घटना हुँदा छजना घाइते भएका छन् ।

Panchtharघाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते पाँचथर इम्बुङ–८ बस्ने २६ वर्षीय शङ्कर कटुवाल र सोही ठाउँ बस्ने ३० वर्षीय डिल्लीराम बानियाँको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडस्थित बिएन्डसी हस्पिटल, बिर्तामोडमा लगिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ ।

दुर्घटनामा घाइते पाँचथर भारपा–२ बस्ने ३१ वर्षीय होम बुढाथोकी, २४ वर्षीय टीकाराम बुढाथोकी, चालक ताप्लेजुङ थेचम्बु बस्ने राजु तिवारी, सहयोगी चालक भारपा–४ बस्ने १९ वर्षीय मनोज तिवारीको भने जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

गोलिया लिएर फिदिम आउने क्रममा मे १ ख १८६६ नंको ट्रक अचानक सडकबाट खसेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?