+
+

‘बजेट लगत्तै’ नयाँ सरकारको गृहकार्यमा जुट्ने माअोवादी तयारी

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ९ गते ६:३६

Kp-oli-and-Prachanda९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट लगत्तै नयाँ सरकार गठन हुने भएको छ ।

सत्तागठबन्धन प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच जेठ २३ मा भएको ९ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तुत गरेपछि नयाँ सरकार गठनको गृहकार्य जुट्ने तयारीमा रहेको आजको नागरिक दैनिकमा समाचार छ ।

दुई दलबीच सहमति अनुसार जेठ तेस्रो साताबाट नयाँ सरकारको गृहकार्य सुरु हुने माओवादी निकटस्रोतले जनाएको छ ।

सामान्यतया सरकारले बजेट प्रस्तुत गरेको एक दुई दिनभित्रै एकतिहाइ खर्च गर्ने गरी पेस्की खर्च विधेयक पारित गर्ने प्रचलन छ । त्यसपछि गठबन्धनलाई नेतृत्व फेर्ने बाटो खुल्छ ।

बजेट पारित भएपछि निर्वाचन नभएसम्म माओवादी र एमालेबीच सरकारको नेतृतव आलोपालो गर्ने भद्र सहमति छ । वैशाख २३ गते दुई दलबीच नौबुँदे सहमति भएको थियो । जसअनुसार हालको गठबन्धा भने कायमै राखेर नेतृत्व फेरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?