+
+

माओवादी निकट कर्मचारी संगठनबीच एकता

ट्रेड युनियन चुनावमा 'नेराकसं'को नाममा भाग लिने

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १८ गते १०:२१

१८ जेठ, काठमाडौं । माओवादी पार्टीहरुबीच एकता भएपछि ती पार्टी निकट कर्मचारी संगठनहरुबीच पनि एकता भएको छ ।

Karmachari-ekataतत्कालीन एकीकृत नेकपा माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेकपा क्रान्तिकारी माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनबीच एकता भएको हो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल र राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दयाराम बस्यालले जारी गरेको संयुक्त विज्ञप्तिमा आपसी सहमतिमा नेतृत्व चयनलगायत संगठनात्मक संरचना निर्माण गर्ने उल्लेख छ । दुबै केन्द्रीय समितिको संयुक्त एकता भेला यथाशीघ्र गरिनेछ ।

एकतापछि दुबै कर्मचारी संगठनले संयुक्तरुपमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनावमा भाग लिनेछन् । कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव यहि जेठ १९ गते हुँदैछ ।

चुनावमा ‘नेपाल राष्ट्रिय कर्मचारी संगठन’को नाममा भाग लिने रावलले जानकारी दिए ।

दुबै संगठनका नेताहरुले नेपाल राष्ट्रिय कर्मचारी संगठनको नाममा मतदान गर्न सबै कर्मचारीहरुलाई आह्वानसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?