+
+

बङ्गालको हावाले नेपालको मौसम बदली, मनसुन ढिलो हुने

रासस रासस
२०७३ जेठ २३ गते १७:२६

२३ जेठ, काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण बदली र वर्षा भैरहेको छ ।

badali-akash-cloudy-skyउक्त वायुको प्रभावले आज देशभर बदली हुनाका साथै पूर्वी, मध्य र पश्चिम भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुवै वायुको सम्मिश्रणले पानी परेको र यो प्रणाली केही दिन जारी रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

अर्का मौसमविद् वरुण पौडेलले प्रि–मनसुनको पूर्वसन्ध्यामा मौसममा केही खराबी आएकाले मनसुन ढिलो हुने बताए। नेपालमा सामान्यतः जुन १० देखि मनसुन सुरु हुन्छ । यस पटक बङ्गालको खाडीमा न्यूनचापीय रेखा सक्रिय नभएकाले मनसुन केही ढिलो हुने मौसमविद् पौडेलले बताए ।

उनका अनुसार देशको पश्चिमी भेगमा पश्चिमी वायुको प्रभाव, मध्य भेगमा न्यूनचापीय रेखाको विकास र पूर्वी भेगमा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मौसममा खराबी आएको र अहिले मध्य र पूर्वी भेगका केही स्थानमा वर्षात् भइरहेको छ ।

साँझपख काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा वर्षात् हुने बताइएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी ओखलढुङ्गामा १९.० र सबैभन्दा कम पोखरामा १.० मिमी वर्षात् भएको छ । काठमाडौं उपत्यकामा बिहान हल्का वर्षात् भएको थियो । आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९.५ र अधिकतम तापक्रम २८.८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?