+
+

पोखरामा जन्मियो पौने ६ किलोको शिशु

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७३ असार १८ गते १९:४५

6-kg's-baby-child
१८ असार, पोखरा । स्याङ्जाकी एक महिलाले पौने ६ केजीको बच्चालाई जन्म दिएकी छिन् । सामान्यतया अढाई केजीदेखि ४ केजीसम्मको बच्चालाई सामान्य तौलको मानिने भएपनि स्याङ्जा एलादी वडा नम्बर १ घर भई पोखरा बस्ने लक्ष्मी गुरुङले ५ केजी ७ सय ५५ ग्रामको छोरा जन्माएकी हुन् ।

लक्ष्मीकी श्रीमान होमबहादुर गुरुङ पोखरामा ट्याक्सी चलाउँदै आएका छन् । उनीहरुको यो दोश्रो सन्तान हो । लक्ष्मीले शुक्रबार साँझ ५ बजेर ४६ मिनेटमा रानीपौवास्थित साई अर्चना हस्पिटलमा शल्यक्रिया मार्फत छोरालाई जन्म दिएको उनका श्रीमान होमबहादुरले जानकारी दिए ।

लक्ष्मीको शल्यकृया डा.अर्चना पुनले गरेकी थिइन् । बच्चाको उचाई ५७ सेन्टिमिटर रहेको उनले जानकारी दिइन् । शल्यकृया गरेर निकालिएको शिशुको तौल साधारणभन्दा बढी भएको पाइएपछि अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एनआईसियुमा राखिएको छ ।

बच्चाको अवस्था सामान्य भएपनि केही दिन अब्जरभेसनका लागि एनआईसियुमा राखिएको अस्पताल श्रोतले जनाएको छ । यति धेरै तौल भएको बच्चा जन्मिएको आफूले पहिलोपटक देखेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा.रामचन्द्र बास्तोलाले बताए । जन्मँदा यति धेरै तौल भएको शिशु नेपालमै पहिलो हुनसक्ने उनको अनुमान छ ।

डा.अर्चना पुनले पनि आफ्नो करियरमै पहिलोपटक यति धेरै तौल भएको शिशु जन्मिएको बताइन् । धेरै तौलको शिशु जन्मनुमा बंशानुगत कारण हुनसक्ने अथवा त्यस्तो नभए आमालाई मधुमेह वा अन्य त्यस्तै रोगका कारण मानिने भएपनि लक्ष्मीमा त्यस्तो रोग वा समस्या नरहेको डा.रामचन्द्र बास्तोलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?