+
+

मालढुङ्गा–बेनी सडक पहिरोले अवरुद्ध

रासस रासस
२०७३ असार २१ गते ११:५२
Maldhunga-Beni-Road
फाइल तस्वीर

२१ असार, फलेवास (पर्वत)  । गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पर्वतको मालढुङ्गादेखि म्याग्दी र मुस्ताङ जोड्ने एकमात्र सडक मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ ।

सडकखण्डमा पर्ने पर्वतको नाङ्लीवाङ गाविस–२ खनियाघाटस्थित ज्यामिरे खोला नजिकै सडकमाथिबाट खसेको पहिरो र खोलामा आएको बाढीका कारण सडक रातिदेखि अवरुद्ध बनेको हो । खोलाले ठूलो मात्रामा माटो र ढुङ्गा सडकमा थुपारेका कारण सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङ र म्याग्दीबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन र अन्य क्षेत्रबाट ती जिल्लामा भित्रिने सवारी साधन अलपत्र बनेका छन् । अत्यधिक मात्रामा पहिरो र बाढीले सडक पुरिएका कारण तत्काल सडक खुलाउन समस्या परेको प्रहरीले जनाएको छ ।

सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय, सुरक्षाकर्मी र स्थानीयवासीले पहल गरेको प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले जानकारी दिए।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?