+
+

सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २९ गते ७:०७

२९ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकार अल्पमतमा परेको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेको छ । राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने उसको निर्णय छ ।

Congress-Flagकांग्रेस केन्द्रीय समितिको बुधबार विहान बसेको बैठकले माओवादीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको निष्कर्ष निकालेको छ । बैठकपछि सतेचक ईश्वरी न्यौपानेले अनलाइनखबरसँग भनिन्, अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । नभए अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय भएको छ ।’

बैठकमा नेताहरुले माओवादीसँग भएको सातबुँदे सहमतिबारे जानकारी गराएका छन् । केन्द्रीय समितिको बैठकले सहमति कार्यान्वयन गर्ने निर्णय गरेको न्यौपानेले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?