+
+

‘गणतन्त्र स्मारक’ निर्माणमा ढिलाइ

रासस रासस
२०७३ साउन २ गते १६:१०

२ साउन, काठमाडौं । नारायणहिटी दरबार परिसरमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माणमा ढिलाइ भएको छ ।

Ganatantra-Smarak-finalसरकारको २०६९ मङ्सिर २२ गतेको निर्णयानुसार ‘गणतन्त्र स्मारक’ निर्माणका लागि निजी कम्पनी ‘विकोइ स्काइ बङ्गलामुखी ज्वाइन्ट इन्भेन्चर (विकोइ विल्डर्स’ प्रालि, स्काइ विल्डर्स प्रालि र बङ्गलामुखी कन्स्टक्सन प्रालि)लाई तीन वर्षमा स्मारक निर्माण गर्ने जिम्मा दिइए पनि निर्धारित समयभन्दा एक वर्ष ढिलाइ हुन लागेको हो ।

कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले सरकारले निर्णय गरेर काम अगाडि बढाउन जिम्मा दिए पनि भूकम्प र नाकाबन्दीका कारण निर्धारित समयभन्दा एक वर्ष ढिला सम्पन्न हुन लागेको जानकारी दिए । उनले भने, ‘निर्धारित समयमा काम गर्न नपाइएको, भूकम्प, नाकाबन्दी र बर्खाका कारणले गर्दा ढिला भएको हो, एक वर्ष ढिला भए पनि आगामी मङ्सिरमा सकिने गरी काम गर्दैछौँ  ।’

स्मारक निर्माणको सुरुको समयमा १५० कामदारले काम गरे पनि पछिल्लो समय ५० जनाले मात्र काम गर्दै आइरहेका छन् । पैँतिस रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको स्मारकका लागि सुरुमा सरकारले रु ३४ करोड छुट्याए पनि खर्च बढेर रु ४० करोड पुग्ने अनुमान गरिएको श्रेष्ठले बताए ।

निर्देशक श्रेष्ठले भूकम्प, नाकाबन्दी र अवरोधका बीच पनि ८५ प्रतिशत काम भइसकेको जिकिर गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?