+
+

गोली लागेको अवस्थामा रौतहटमा घाइते गैंडा फेला

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७३ भदौ ४ गते १२:१७

gaida४ भदौ, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा एक गैंडा घाइते अवस्थामा फेला परेको छ ।

चन्द्रपुर २ गैडाटारको तिलेश्वर सामुदायीक वनभित्र गोली लागेर घाइते भएको अवश्थामा गैडा फेला परेको हो ।

चोरी शिकारी गर्ने समूहले राति खागका लागि गैडा मार्ने प्रयास गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । बिहान वनभित्र गैडा घाइते अवश्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गैडाको टाउको र पछाडिको भागमा पाँच राउण्ड भन्दा बढी गोली लागेको स्थानियले बताएका छन् ।
सो वन क्षेत्रमा केही वर्ष अघिदेखि गैडा देखिन थालेको थियो । शुक्रवार राति वनमा गोली चलेको आवाज सुनेको स्थानीयले बताएका छन् । गैडालाई मार्ने उदेश्यले गोली प्रहार गरिएको भएपनि शिकारीहरुको प्रयास भने सफल भएको छैन ।

घाइते गैडा फेला परेपछि अहिले नेपाल प्रहरी र जिल्ला वन कार्यालयको टोलि घटनास्थलमा पुगेको छ । राष्ट्रिय निकुञ्जको मेडिकल टिमलाई पनि पत्राचार गरि सकिएको र उपचार तथा उद्धारका लागि निकुञ्जको टोलि आउदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका नायब उपरीक्षक मनोज यादवले बताए ।

घाइते अवश्थामा रहेको सो गैडा आक्रमक अवश्थामा रहेकोले स्थानीयलाई घटनास्थलमा जान दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?