+
+

भारत भ्रमण सकेर विशेष दूत निधि आज स्वदेश फर्कदै

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ७ गते ९:१२

Bimalendra Nidhi (3)७ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डका विशेष दूतका रुपमा भारत भ्रमणमा  रहेका उपप्रधानमन्त्री विमलेन्द्र निधि आज स्वदेश फर्कदै छन् ।

उच्चस्तरीय भेटवार्ता सकिएसँगै निधि आज पौने एक बजे स्वदेश फर्कन लागेका हुन् । सोमबार नै स्वदेश फर्कने कार्यक्रम तय भएको भए पनि निधिको भारत बसाई एक दिन लम्बिएको थियो ।

भारतमा रहँदा निधिले भारतीय राष्ट्रपति प्रणम मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतका भारतीय उच्च नेताहरुसँग भेटघाट  तथा द्धिपक्षीय भेटघाट गरेका छन् ।

निधिले भारतीय राष्ट्रपति मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । त्यस्तै प्रधानमन्त्री मोदीसँगको भेटमा निधिले प्रधानमन्त्री प्रचण्डको पत्र हस्तान्तरण गरेका थिए । निधिको भ्रमणमा प्रधानन्त्री प्रचण्डको भारत भ्रमणको समय तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?