+
+

भारतमा चिकनगुन्याको महामारी, नेपालमा पनि भित्रने खतरा

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १२ गते १४:०२

१२ भदौ, काठमाडौ । भारतमा विभिन्न राज्यमा अहिले चिकनगुन्याको प्रकोप बढ्दो छ । मलेरिया तथा डेंगुबाहेक अहिले भारतको दिल्ली, मेरठ लगायतका शहरमा समेत चिकनगुन्याको प्रकोप बढेको छ ।

यो रोग भारतबाट नेपालमा आउने जोकोही मानिसमा सर्ने सम्भावना उत्तिकै देखिन्छ । त्यसैले यसबारे हामी नेपाली पनि समयमै सचेत रहन जरुरी छ ।

Chikungunyaचिकनगुन्या विशेषगरी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो रोग लागेमा मानिसलाई ज्वरो आउँछ । मांशपशी बाउँडिने, शरीरका हड्डी दुख्ने लगायतका समस्या देखिन्छ । असहृय टाउको दुख्ने, जोर्नीहरु चलाउन नसक्ने तथा १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने यो रोगका लक्षण हुन् ।

भारतमा अहिले दैनिक २० देखि २५ विरामी उपचारका लागि अस्पताल धाउने गरिरहेका छन् । यो संख्या अझै बढ्ने चिकित्सकहरुको अनुमान छ । यो रोग लागेमा मानिसको तत्काल मृत्यु भने हुँदैन ।

चिकनगुन्या लामखुट्टले टोकेको तीन देखि सात दिन भित्रमा यसको लक्षण देखा पर्न सुरु हुन्छ । यो रोग १९५२ मा पहिलो पटक दक्षिण तान्जानियामा देखा परेको थियो । अहिलेसम्म युरोप, अफ्रिका, एसिया लगायत विश्वका ६० भन्दा बढी देशहरुमा यो रोग फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

उपचार पद्धति

चिकनगुनिया डेंगु तथा मलेरिया जस्तै एक प्रकारको लामखुट्टेबाट मानिसमा सर्ने रोग हो । यो रोगको उपचार पद्दति खासै छैन । अझ भनौ, चिकुवागुनाको अहिलेसम्म औषधी पत्ता लागेको सम्म छैन । तर यी कुरामा ध्यान दिनसके मात्र पनि यो समस्या बाट बच्न सकिन्छ ।

पानी प्रशस्त पिउने
शरीरमा पानीको कमी नहुन प्रशस्त झोलिलो पदार्थको सेवन गर्ने
ज्वरो तथा जोर्नीको दुखाई कम गर्न सिटामोलको प्रयोग गर्न सकिन्छ
यो रोग लामखुट्टेको टोकाईबाट सर्ने हुँदा लक्षण सुरु भएको पहिला हप्ता यो रगतमा देखिन्छ । जुन संक्रमित व्यक्तिको शरीरबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्दछ ।

बच्ने उपाय

घरभित्र तथा बाहिर पानी जम्न नदिने
खाली भाडालाई सकेसम्म उल्टो पारेर घोप्ट्याउ
विशेषगरी दिउसोको समयमा चिकनगुनियाको संक्रमण धेरै हुने हुदाँ बाहिर हिड्दा लामो लुगा लगाऔ ।
दिउँसो अथवा राति सुत्दा लामखुट्टे नछिर्ने झुलको प्रयोग गरौ
गाढा रङ्गको लुगामा लामखुुट्टे आकर्षित हुने भएकोले लामखुट्टे लाग्ने समयमा हल्का रङ्गको लुगा लगाउनु उपयुक्त हुन्छ ।
यसबाहेक,२४ घण्टासम्म पनि धेरै ज्वरो आएमा चिकित्सकलाई देखाउनु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?