+

नेयमार र जेसिस चम्किए, ब्राजिलको सहज जित

२०७३ भदौ  १७ गते ८:१३ २०७३ भदौ १७ गते ८:१३
नेयमार र जेसिस चम्किए, ब्राजिलको सहज जित

Neymar१७ भदौ, काठमाडौं । नेयमार र गाब्रियल जेसिस चम्किएपछि ब्राजिलले विश्वकप छनौट फुटबलमा इक्वेडरलाई पराजित गरेको छ ।

शुक्रबार विहान भएको खेलमा ब्राजिलले इक्वेडरलाई ३-० गोल अन्तरले हराएको हो । इक्वेडरको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफको पनि सुरुवाति २५ मिनेटमा दुबै टोलीले गोल गर्न सकेनन् ।

तर, अन्तिम १५ मिनेटमा ब्राजिल तीन गोल गर्न सफल भयो । ७२ औं मिनेटमा ब्राजिलले पेनाल्टी पायो भने घरेलु टोलीका कार्लोस पारेडेसले रातो कार्ड पाए ।

ब्राजिलका नेयमारले पेनाल्टीमा गोल गरे । ८७ औं मिनेटमा जेसिसले ब्राजिलको अग्रता दोब्बर पारे । खेल सकिनै लाग्दा जेसिसले दोस्रो गोल गरेपछि ब्राजिल ३-० ले विजयी भएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय