२२ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका सन्दर्भमा उठेका विषय र एजेण्डाहरुबारे पूर्वपरराष्ट्र मन्त्रीहरुसँग छलफल गर्ने भएका छन् । अपरान्ह पूर्व परराष्ट्र मन्त्रीहरुलाई बोलाइएको हो ।
भारत भ्रमणका क्रममा नेपालले उठाउनुपर्ने विषय र एजेण्डाहरुबारे प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् । स्रोतका अनुसार भ्रमणलाई निर्बिबाद र साझा सहमतिको बनाउन सबै दलमा आबद्ध पूर्व मन्त्रीहरुलाई बोलाइएको हो ।
भदौ ३० देखि हुन लागेको भारत भ्रमणका सन्दर्भमा राष्ट्रिय सहमति जुटाउन प्रधानमन्त्रीले चरणबद्ध छलफल गर्दैछन् ।
उनले बुधबारै अपरान्ह चार बजे व्यावसायीहरुसँग भारत भ्रमणबारे बालुवाटारमा छलफल गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4