+
+

माओवादी केन्द्रीय सदस्य कट्टेल निस्कासित

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १ गते १६:२५

Shiva-Kattel१ कात्तिक, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले केन्द्रीय सदस्य शिव कट्टेललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ ।

कट्टेलमाथि गुट परस्त तथा फुट परस्त गतिविधि गरेको आरोप लगाइएको छ ।

यसअघि उनलाई केन्द्रीय समितिको सदस्यताबाट निलम्वित गरिएको थियो । त्यसपछि पनि सच्चिनुको बदला झनै पार्टी विरोधी गतिविधिमा सक्रिय देखिएकाले पार्टी सदस्यता लगायत सम्पूर्ण जिम्मेवारीवाट निष्काशन गरिएको पार्टी प्रवक्ता हरिभक्त कँडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?