२९ कात्तिक, काठमाडौं । अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीको समर्थनमा सोमबार राजधानीमा जुलुस निस्किएको छ ।
कार्कीेविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल भइरहेका बेला उनको समर्थनमा नयाँ बानेश्वरमा प्रदर्शन भएको हो ।
माइतीघरबाट सुरु भएको जुलुसमा सहभागीहरुले ‘भ्रष्टाचार विरुद्धको आन्दोलन सफल पारौं’ लेखिएको ब्यानर र ‘लोकमान जनता तिम्रो साथमा छन् भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउ’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
गेरुबस्त्र लगाएका र राष्ट्रिय झण्डा बोकेका महिला र बालबालिकाहरू पनि जुलुसमा सहभागी थिए । जुलुसमा झण्डै डेढ सय सहभागी थिए ।
भिडियो हेर्नुहोस्
जुलुसको अगुवाई भने अधिवक्ता बालकृष्ण न्यौपानेले गरेका हुन् । उनी एक समय राप्रपा नेपालमा थिए । राप्रपा नेपालले कारबाही गरेपछि उनले अहिले पुरानो शक्ति नेपाल नामक संगठन चलाएका छन् ।
र, महाअभियोग प्रस्ताव दर्ता भएपछि लोकमानको पक्षमा बोल्दै आएका छन् । अनलाइनखबरसँग कुरा गर्दै न्यौपानेले आफैलाई कारबाही हुने डरले नेताहरुले महाअभियोग प्रस्ताव ल्याएको भन्दै खारेज गर्नुपर्ने माग गरे ।
प्रतिक्रिया 4