हाँस्य कलाकार दीपाश्री निरौला पछिल्लो समय चर्चामा घेरिएकी छिन् । उनको डेब्यु निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा’ले ऐतिहासिक ब्यापार गर्यो । नेपाली चलचित्र मध्येकै सबै भन्दा धेरै ब्यापार गर्न सफल उक्त चलचित्र प्रदर्शनको एकसय दिन पार गर्ने तयारीमा छ । सोही चलचित्रकि निर्देशक दिपाश्रीलाई अनलाइनखबरले लाएको पाँच आरोपः
१. ‘छक्का पञ्जा’ हिट भएपछि निर्देशनको लागि धेरै प्रस्ताव राखे पनि तपाइले वास्तै गर्नु भएन भन्ने छ नि ?
केहि शुभ चिन्तकहरुले प्रस्ताब राख्नु भएको हो । तर, मैले आफ्नो टिमलाई नसोधी फुत्त जाने कुरा भएन । मेरो टिमले मलाई अन्त जानै दिँदैन त म के गरौं ।
२. सुटिङमा प्राविधिकलाई निकै थर्काउनुहुन्छ रे हो ?
प्राविधिकलाई हैन । कलाकारलाई भने खुबै थर्काउँछु । हाँस्य कलाकारको चलचित्र भनेपछि हाम्रा साथीहरु जहिले पनि हाँसेरै बस्छन् । गम्भिर खालको अभिनय गर्न भन्यो, हाँसेरै टार्न खोज्छन् । अनि नथर्काएर के गर्नु ?
३. हिरोइन भएर पनि शरीर मेन्टन गर्न सक्नु भएन भन्ने आरोप छ नि ?
नखाए पनि ज्यान लाग्छ त मैले के गर्नु । अर्को कुरो चिटिक्क परेर हिड्ने कुरामा मैले कहिल्यै ध्यान दिइनँ । मेरो प्राथमिकता जहिल्यै अभिनयमा केन्दि्रत रह्यो । अहिले राम्री देखिन पर्यो भने मेकअप आर्टिष्टलाई मलाई राम्री देखाइदेउ भनेर भन्ने गरेकी छु ।
४. हरेक वर्ष हिउँदमा बिहे गर्छु भन्नुहुन्छ तर, कहिल्यै गर्नुहुन्न र दर्शकलाइ निराश बनाउनुहून्छ ?
हरेक वर्ष विवाह गर्ने मन छ भनेर भगवानलाई गुहार्छु । उनले कुरै सुन्दैनन् त म के गरौं । अब दर्शकले चित्त नदुखाउनु होला । भगवानले मेरो पुकारा सुनेको दिन अवश्य होला ।
५. दीपकराज गिरीलाई असाध्यै थर्काउनुहुन्छ रे हो ?
थर्काउने भनेकै आफ्नै मान्छेलाई त हो नि । तर, यसलाई थर्काको भनेर नबुझ्नोस्, माया गरेको हो । फेरि मैले काम बाहेक अरु बेलामा थर्काउने गरेको छैन ।
दीपा र दीपाश्रीसँग गरिएको मस्ती टकको भिडियो यहाँ हेर्नुहोस्ः
प्रतिक्रिया 4