+
+

गाडीको डिक्कीमा बसेर साथीकोमा पुग्छन् साहरुख

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ ४ गते ११:०६

srk-in-car
गाडीको डिक्कीमा सामान त राख्न सकिन्छ नै, कतिय अवस्थामा मान्छे पनि बस्न सक्छन् । बलिउड नायक साहरुख खानसँग थुप्रै गाडी छन् । तर, उनी कहिलेकाहि त मान्छेसँग बच्न पर्‍यो भने गाडीको डिक्कीमा पनि बस्छन् ।

संवाददातासँगको कुराकानीको क्रममा उनले भनेका छन्-‘मेरो एकान्तको कुरा गर्नुहुन्छ भने म कुनै साथीसँग भेट्न जाँदा गाडीको डिक्कीमै बसेर पनि जान सक्छु । मेरो साईज नै यस्तो छ म जता पनि फिट हुन्छु ।’

सन् २०१७ मा साहरुख खान बलिउड उद्योगमा आएको २५ वर्ष पुरा हुन्छ । उनले अभिनय गरेको ‘रईस’ २५ जनवरीमा रिलिज हुँदैछ । उक्त चलचित्रमा माहिरा खान र नवाजुद्दिन सिद्दिकीले पनि अभिनय गरेका छन् ।

सन् १९९२ मा टेलिचलचित्रबाट उनले अभिनय सुरु गरेका थिए । करिअरको प्रारम्भमा उनी खल-नायकको रुपमा देखिएका थिए । ‘बाजीगर हो या अन्जाम’ । ‘डर’मा समेत उनले खल-चरित्र नै निर्वाह गरेका थिए ।

ठूलो पर्दामा राहुल र राजको चरित्र निर्वाह गरेपछि भने उनी रोमान्टिक हिरोको रुपमा स्थापित भए । त्यसपछि त उनको एकपछि अर्को हिट चलचित्र आउन थाल्यो । कुनै कार्यक्रममा गयो कि मिडिया र फ्यानहरुवाट घेरिन थाले ।

साहरुख भन्छन्-‘त्यसपछि मेरो परिवारले मलाई सम्झाउन थाले, ‘हरेक ठाउँमा तिमी जान सक्दैनौं ।’ यतिसम्म कि परिवारका सदस्यसँग बाहिर खाना खान समेत जान छाडे । किनकी हरेक ठाउँमा उनलाई देखेपछि मान्छेहरु झुम्मीहाल्थे । साहरुख भन्छन्-‘मलाई यस्ता कुराले कहिल्यै तनाब भएन ।’

२५ वर्षमा उनले दर्शकवाट जति प्रेम पाए । उत्तिकै आलोचना पनि भयो । कहिले सामाजिक सञ्जालमा उनको असफल चलचित्रलाई लिएर खिल्ली उडाउने काम पनि भयो । उनलाई लाग्छ-‘कहिलेकाहि कुनै चिज आउट अफ कन्ट्रोल पनि हुँदो रहेछ ।’ कहिले सामान्य कुरा पनि विशाल बनेको बुझेका छन् उनले । सामान्य कुराले समेत आम दर्शकलाई झट्का लागेको बुझेका साहरुख भन्छन्-‘अब म कुनै पनि कुरा बोल्नु अघि सोच विचार गरेर मात्रै बोल्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?