+

हलमाथि चेल्सीको सहज जित, ८ अंकको अग्रता

२०७३ माघ  १० गते ८:३३ २०७३ माघ १० गते ८:३३
हलमाथि चेल्सीको सहज जित, ८ अंकको अग्रता

chelsi१० माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले हल सिटीमाथि सहज जित हात पारेको छ । र, ८ अंकको अग्रता लिएको छ ।आइतबार राति भएको खेलमा लिग लिडर चेल्सीले हल सिटीमाथि २-० को जित हात पारेको हो ।

घरेलु मैदान स्टामफोर्ड बि्रजमा भएको खेलमा चेल्सीले पहिलो हाफको अन्तिम मिनेटमा डिएगो कोष्टाको गोलबाट अग्रता लिएको थियो ।
फिटनेश कोचसँगको विवादका कारण कोष्टा लिसेस्टरसँगको खेलमा टोलीमा परेका थिएनन् । तर, हलविरुद्धको खेलपछि चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले कोष्टाको निलम्बन सकिएको बताएका छन् ।

दोस्रो हाफको ८१ औं मिनेटमा काहिलले गोल गरे । त्यसअघि खेलको २१ औं मिनेटमा हलका रायन मासन घाइते भएका थिए । उनको टाउकोमा चोट लागेका कारण अक्सिजन मास्क लगाएर स्ट्रेचरमा राखेर मैदानबाट बाहिर लगिएको थियो । उनी अस्पताल भर्ना भएका छन् ।
जितसँगै चेल्सी २२ खेलबाट ५५ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको आर्सनलको समान खेलबाट ४७ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय