+
+

मोदीलाई धर्मपुत्र बनाउन एक परिवार निवेदन लिएर आएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ११ गते १७:३३

११ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो धर्मपुत्र बनाउनका लागि एक परिवारले प्रशासनमा निवेदन दिएका छन् ।

वृद्धावस्थाका मोदीलाई धर्मपुत्र बनाउन लालायित व्यक्ति हुन्, गाजियाबादस्थित मोदीनगरको नगरपञ्चायत पतलाका पूर्वअध्यक्ष योगेन्द्र पाल योगी । उनले परिवारसहित उपस्थित भएर मंगलबार गाजियाबाद रजिष्ट्रारसमक्ष आफ्नो निवेदन पेश गरे ।

तर, उनलाई अप्ठेरो के छ भने भारतीय कानूनले उमेर छिप्पिएको व्यक्तिलाई धर्मपुत्र बनाउन अनुमति दिँदैन ।

मोदीलाई धर्मपुत्र बनाउन भनेर योगी आफ्नी पत्नी अतरकली र कान्छा छोरा प्रदीपलाई लिएर गाजियावाद सदर तहसिलस्थित सब रजिस्टार थर्ड कार्यालयमा पुगेका थिए । साक्षीका रुपमा उनले परिचित कवि कृष्णमित्रका छोरा हिमांशु लव र मनमोहन लाल वैद्यको छोरा राकेशलाई लगेका थिए ।

एक घन्टा लगाएर निवेदन अध्ययन गरेपछि सब रजिस्टार मुकेश सागरले निवेदन एकपक्षीय रहेको बताउँदै आपत्तिसहित फिर्ता गरिदिए । निवेदनमा धर्मपुत्र बनाउने व्यक्ति र उनका मातापिताको सहमति र उनीहरुको उपस्थिति आवश्यक हुन्छ । त्यसको अभावमा योगीको निवेदन अस्वीकृत भएको हो ।

योगीले अब धर्मपुत्र बन्ने सहमति माग्दै प्रधानमन्त्री कार्यालयमा पत्र पठाउने बताए । यो पत्र उनले प्रधानमन्त्रीको निजी इमेलमा पनि पठाउनेछन् । यो विषयमा आफूले सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ताहरुसँग राय-सल्लाह लिने पनि योगीले बताए ।

बालकल्याण समितिका पूर्वअध्यक्ष दिनेश शर्माले भारतीय कानूनअनुसार १५ वर्षमुनिका नाबालिगहरुलाई मात्रै धर्मपुत्र/पुत्री बनाउन पाइने जानकारी दिए । यसका साथै धर्मपुत्र बन्ने र बनाउने व्यक्तिको उमेर कम्तिमा २० वर्ष फरक हुनुपर्ने प्रावधान रहेको उनको भनाई छ ।

खास कुरा यस्तो

प्रधानमन्त्री मोदीले यूपी विधानसभा चुनावका क्रममा बाराबंकीमा आयोजित एक जनसभामा भनेका थिए कि यूपीका छोरा (अखिलेश यादव) ले जुन विकास गर्न सकेका छैनन्, त्यो गोद लिइएका छोरा (मोदी) ले गर्नेछन् ।

त्यसलगत्तै उत्तर प्रदेश बालअधिकार संरक्षण आयोगले मोदीलाई नोटिस पठाएर सोधेको थियो कि यूपीमा तपाईंलाई कसले गोद लिएको हो ? यो नोटिसपश्चात पतला-निवाडीका पूर्वअध्यक्ष योगीले मोदीलाई गोद लिएर आफ्नो धर्मपुत्र बनाउने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?