+
+

ओस्कार अवार्डमा प्रियंका यस्ती देखिइन्

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १६ गते २०:४८

लस एन्जेलसमा आयोजि ८९ औं ओस्कार अवार्ड समारोहमा बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि आफ्नो ग्ल्यामर देखाइन् । उनले ओस्कारको रेड कार्पेटमा पाइला राखेको यो दोस्रो पटक हो ।

डिजाइनर सिल्वर राल्फ र रुसोको ड्रेसमा प्रियंका निकै खुलेकी थिइन् । उनले कानमा इयर रिङ र ह्यान्डकफ लगाएकी थिइन् । अवार्ड समारोहमा आफ्नो हलिउड फिल्म बेवाचका को-स्टार ड्वेन जोन्सनका साथ देखिइन् । आगामी मेमा प्रदर्शन हुने यो फिल्ममा ३४ वर्षिया प्रियंका खलनायिकाको भूमिकामा छिन् ।

प्रियंकाले दुई दिनअगाडि इंग्लिस रक ब्यान्ड द रोलिङ स्टोन्सका अगुवा मिक ज्यागरसँग लिएको एउटा सेल्फी सामाजिक सञ्जालमा पोस्ट गरेर बताएकी थिइन् कि उनी ओस्कार अवार्डमा भाग लिन गइरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?