गर्भवती भएको बेला वा बच्चालाई स्तनपान गराइरहेको बेला महिलाले कस्तो खानपान गर्ने ? के खाने, के नखाने ? बरम्बार चर्चा हुने बिषय हो ।
यस अवस्थामा खानपानमा सर्तकता अपनाउनु पर्छ । किनभने आमाले खाएको खानेकुराले गर्भको बच्चा वा दुध चुसिरहेको बच्चाको स्वास्थ्यमा सोझो असर गर्छ । अतः बच्चाको स्वास्थ्यका लागि पनि आमाले सन्तुलित, पोषिलो खानेकुरा खानुपर्छ ।
– स्तनपान गराइरहेकी महिलाले पानी पनि पर्याप्त पिउनुपर्छ । यस क्रममा हाइड्रेटेड रहनका लागि पानी पुग्दो मात्रामा पिउनुपर्छ ।
– पानीका साथै डाइट पनि महत्वपूर्ण हुन्छ । स्तनपान गराइरहेको अवस्थामा आमालाई ५ सय क्यालोरी भन्दा बढी उर्जा आवश्यक हुन्छ । तर, यसरी आवश्यक पर्ने अतिक्ति उर्जा पूर्ति गर्न प्याकेटमा पाइने खानेकुरा सेवन गर्नुहुँदैन ।
– आमाले जे खाना खान्छिन्, दुधमा त्यसको गुण रहन्छ । त्यसैले खानामा पोषक तत्व भरपुर हुनुपर्छ । खानाको तीन हिस्सा हरियो सब्जी, फल र फाइबर एवं चोकरयुक्त खानेकुरा सामेल गर्नुपर्छ । यसका साथै दुध र अन्य तरल पदार्थ पनि आवश्यक हुन्छ ।
– स्तनपान गराउने आमाले दिनहुँ कम्तीमा दुई लिटर पानी पिउनुपर्छ । पानी कति पिइयो भन्ने कुराको ख्याल राख्न गाह्रो हुन्छ । त्यसैले बच्चालाई दुध पिलाउनुअघि र पछि मात्रा मिलाएर पानी पिउन सकिन्छ ।
– बच्चा जन्मिएको ६ महिनासम्म आमाको दुध पिलाउनुपर्छ । यसका लागि झोलयुक्त पदार्थ पनि आमाले बढी पिउनुपर्छ ।
प्रतिक्रिया 4