२७ चैत, काठमाडौं । अमेरिकी सेनाले हमला गर्न सक्षम युद्धतोपलाई कोरियाली प्रायद्वीपतर्फ अघि बढ्न आदेश दिएको छ ।
आक्रमण गर्न सक्षम कार्ल विनसन टुकटीमा युद्धतोपका साथै एयरक्राफ्ट क्यारियर पनि छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रमसँग जुध्न अमेरिका एक्लै सक्षम रहेको बताए । अमेरिकी प्यासिफिक कमाण्डका प्रवक्ता डेव बेनहमले भनेका छन्, ‘यो क्षेत्रमा सबैभन्दा खतरा उत्तर कोरियो हो किनकी उ गैरजिम्मेवार छ र आफ्नो मिसाइल परीक्षण र परमाणु हतियार बनाउने प्रयासमा खतरा पैदा गरिरहेको छ ।’
यसअघि उत्तर कोरियाले भने हालै मात्र सिरियामाथि भएको सिसाइल आक्रमणले आफ्नो परमाणु कार्यक्रम सही सावित भएको प्रतिक्रिया दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4