+
+

‘केही जिल्लामा दोस्रो चरणमा चुनाव गर्न सरकार तयार’

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २९ गते १६:२०

२९ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको नयाँ विधेयकले मधेसी मोर्चा र संघीय गठवन्धनपनि स्थानीय तहको चुनावमा सहभागी हुने ढोका खोलेको दाबी गरेका छन् । साथै केही जिल्लामा दोस्रो चरणमा चुनाव गर्नु परेपनि सरकार तयार रहेको बताए ।

संसदको सुशासन समितिको बैठकमा उपस्थित प्रधानमन्त्री प्रचण्डले सकेसम्म सबैको भावना समेट्ने गरी संविधान संशोधनको दोस्रो विधेयक अघि बढाइएको बताए ।
उनले बैशाख ३१ को चुनाव नसर्ने प्रष्ट पारे । तराई मधेसमा स्थानीय तहको संख्या केही बढाउन स्थानीयविकासमन्त्रीको नेतृत्वमा समिति बनाएको भन्दै उनले अघि भने, थपिने ठाउँमाकेही दिन ढिलो भएपनि ३१ को चुनाव सदैन ।’

सकेसम्म देशभर एकै चरणमा चुनाव गर्ने सरकारको प्रयास रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मोर्चाबाट केही जिल्लामा एक-दुई हप्तापछि गर्नु पर्ने अवस्था आए सरकार तयार छ । चुनावमा सबैलाई समेट्नु बढी महत्वपूर्ण छ ।’

बैशाख ३१ गते पहिलो चरण भएर दोस्रो चरण ८/१०/१५ दिनपछि हुन्छ भने त्यो राष्ट्रको हितमा हुन्छ भन्ने सरकारको बुझाइ रहेको उनले बताए ।

उपप्रधानमन्त्री थापा नेतृत्वको कार्यदलले मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेपछि दुई चरणको चुनाव अन्तिम टुंगो लाग्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?