पारसको टिम हार्यो, सीवाईसी अत्तरियाको दोस्रो जित
१ बैशाख, कैलाली । धनगढी प्रिमियम लिगमा सीवाईसी अत्तरियाले दोस्रो जित निकालेको छ । सेती अञ्चल प्रहरी मैदानमा भएको खेलमा सीवाईसी अत्तरियाले पारस खड्काको टीम चौराहलाई ४० रनले हराएको हो ।
टस जितेर व्याटिङ रोजेको सीवाईसी अत्तरियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । उसका लागि रोशन नेपालीले सर्वाधिक ३२ रन बनाए भने योगेन्द्र कार्कीले २७, प्रदीप ऐरीले २६ र करन केसीले २५ रन जोडे ।
टिम चौराहका लागि सौरव खनालले २ विकेट तथा आरिफ सेख र सुसन भारीले एक-एक विकेट लिए ।
१४३ रनको विजयी लक्ष्य पछ्याएको टीम चौराहाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २ रन मात्रै बनाउन सक्यो । उसका लागि रामनरेश गिरीले ३९ रन बनाए । सौरव खनालले २३ र अनिल मण्डलले १९ रन वनाए । कप्तान पारस खड्कासहित ४ जना खेलाडी शुन्यमा आउट भए ।
अत्तरीयालाई जिताउनका लागि मेहवुव आलम र सुरेन्द्र चन्दले ३/३ विकेट लिए । विनोद लामाको नामा २ विकेट रहृयो । खेलकोे म्यान अफ द म्याच अत्तरीयाका मेहवुव आलम घोषित भए ।
प्रतिक्रिया 4