अक्सर बच्चाको भाषा आफ्नी आमाले बुझ्न सक्छन् र बुझ्नुपर्ने पनि हुन्छ । सानो बच्चा, जो बोल्न सक्दैनन्, उनीहरु आफ्नो कुरा हाउभाउ वा शारीरिक प्रतिक्रियाबाट व्यक्त गर्न खोज्छन् । उनीहरु खुसी भएको, दुखी भएको, पीडा भएको सबै कुरा अनुहार तथा शारीरिक हाउभाउबाट बुझ्नपर्ने हुन्छ ।
आफ्नो बच्चा कस्तो अवस्थामा छ ? के चाहन्छन् ? जस्ता कुरामा खासगरी आमाले ख्याल राख्नैपर्ने हुन्छ । बच्चाले बोलेर वा हात चलाएर व्यक्त गर्न नसकेका कुरा पनि बुझ्नुपर्छ र त्यही अनुसार व्यवहार गर्नुपर्छ ।
सबै अभिभावक बच्चाको मनोदशा नबुझेर हैरान भएका हुन्छन् । बच्चासँग र्झकने, रिसाउने, कराउने पनि गर्छन् । तर, त्यसले कुनै समाधान दिदैन । किनभने बच्चाले गर्ने कुनैपनि हर्कतको पछाडि हामी आफ्नै गल्ती हुन्छ । त्यही कुरा अभिभावकले बुझ्नुपर्छ ।
बच्चा कहिले हाँस्छन्, कहिले रुन्छन्, कहिले उदास देखिन्छ, कहिले प्रफुल्ल पनि । यावत् कुराबाट बच्चाको अवस्था जाँच्न सकिन्छ ।
१. कहिले कहिं बच्च्ाको अनुहार उदास देखिन्छ । आँखा जुधाएर हेर्न सक्दैन । बरु, अनुहार अर्कैतिर फर्काउछन् वा रुन थाल्छन् । यस्तो अवस्थामा बच्चालाई आफ्नो काखमा लिने वा नजिक राख्ने । र, प्रेम एवं सुरक्षाको महसुष गराउने ।
२. पहिलो छ वा आठ महिनामा बच्चा मुस्कुराउन थाल्छ । यो सिग्नलले उनको शारीरिक आवश्यक्ताको पनि संकेत गर्छ । उनीहरुलाई प्यारको जरुरत हुन्छ । यस्तो बेला उनीहरुलाई स्पेशल फिल गराउनुहोस् ।
३. तीनदेखि चार महिनाभन्दा ठूलो बच्चा नक्कल गर्न सुरु गर्छन् । साथै अनुहारको भावद्वारा आफ्नो कुरा व्यक्त गर्न सक्छन् । यस्तो अवस्थामा अभिभावक चिन्तित, आक्रमक छ भने त्यसको प्रभाव बच्चामाथि पर्छ । त्यसैले यसबेला बच्चालाई आफ्नो अंगालोमा बाँधेर माया गरेर महसुष गराउनुपर्छ ।
४. जब उनीहरुको पेट भरिएको हुन्छ, पूर्ण रुपले सन्तुष्ट देखिन्छ । यतिबेला उनीहरु हात खुृल्ला गर्छन र फैलाउँछन् । यसको मतलब यो हो कि, उसलाई अहिले खानेकुराको आवश्यक्ता छैन ।
५. जब बच्चाको ढाँड दुख्छ, तबर सुताइको पोजिसन बदलिरहन प्रयास गर्छन् । धेरै समस्या भएमा रुन सुरु गर्छन् । यस्तो अवस्थामा बच्चाको पोजिसन परिवर्तन गराउन सहयोग गर्नुपर्छ । र, आरमदायक ढंगले सुत्ने व्यवस्था मिलाइदिनु पर्छ ।
६. जब बच्चा आफ्नो आँखा वा कान रगड्न सुरु गर्छ, तब उनी थाकेको छ भनेर बुझ्नुपर्छ ।
७. बच्चा रुन्छन्, स्वभाविक हो । तर, त्यसलाई वेवास्ता गर्नु हुँदैन । किनभने विना कारण बच्चा रुदैनन् । बच्चा किन रुन्छ त ?
पहिलो कारण त, जब उनीहरुलाई भोक लाग्छ वा कुनै शारीरिक पीडा हुन्छ । जब उनीहरु उठ्नसाथ रुन्छ भने भोक लागेको हुनसक्छ । यदि अचानक रुन सुरु गर्यो भने कुनै शारीरिक पीडा भएको बुझ्नुपर्छ । निन्द्रा खल्बलिएर पनि उनीहरु रुन्छन् । राम्ररी सुत्न नपाएर, खान नपाएर बच्चा रुने गर्छन् ।
बच्चाले खोज्छन् प्रेम र सामिप्यता
अहिलेको समयमा पति-पत्नी कामको दौडधूपमा हुन्छन् । कसरी पैसा कमाउने, कसरी घरखर्च टार्ने, कसरी बच्चाको फि तिरिदिने, कसरी चाडपर्व मनाउने जस्ता कुराले उनीहरु पैसा कमाउनतिर केन्दि्रत हुन्छन् । यसले गर्दा बच्चाले जति आमाबुवाको सामिप्यता र प्रेम पाउनुपर्ने हो, त्यो पाउँदैनन् । यसको साइट इफेक्ट धेरै छन् ।
अभिभावक जतिसुकै व्यस्त भएपनि, आफ्ना बच्चाको लागि समय दिनुपर्छ । बच्चाको आवश्यक्ताहरु पुरा गरिदिएर मात्र पुग्दैन, उनीहरुलाई आमाबुवा हुनुको महसुष पनि गराउनुपर्छ ।
– बच्चासँग खेल्नुहोस्, रमाउनुहोस् । बच्चालाई त्यस कुरासँग कुनै सरोकार हुँदैन कि, तपाई कति थकित हुनुहुन्छ वा तनावमा हुनुहुन्छ ।
– दिनभर बच्चा कुनै सामस्यामा छ भने, उनीहरुको कुरा सुन्ने र बुझ्ने प्रयास गरौं ।
– घर फर्केपछि बच्चासँग झुम्मिनुहोस् । उनीहरुसँग गफ गर्नुहोस् ।
– कामको जतिसुकै तनाव किन नहोस्, बच्चाको सामुन्ने जहिलेपनि खुसी र सुखी देखिनुहोस् ।
– बच्चासँग खेल्दा झन्झट होइन, रमाइलो मान्नुहोस् । यसमा विस्तारै आफुलाई अभ्यस्त गर्दै लानुहोस् ।
प्रतिक्रिया 4