बलिउड अभिनेत्री प्रियंका चोपडा रेड कार्पेटमा नयाँ-नयाँ प्रयोग गर्न खप्पिस छिन् । यसैको एक छनक उनले मेट गाला २०१७ मा प्रस्तुत गरिन् ।
यहाँ उनले ट्रेन्च कोट स्टाइलको ड्रेस लगाएकी थिइन् जसको पुच्छर भयानक लामो थियो । एक व्यक्तिले उनको कोटको पुच्छर स्याहार्दै हिँड्नु परेको थियो ।
यो ड्रेस क्यारी गर्न सहज थिएन, तर प्रियंका निकै सहज र आत्मविश्वासपूर्ण देखिएकी थिइन् । उनले खुट्टामा कालो बुट लगाएकी थिइन् र यसमा उनले अभिनय गर्ने अमेरिकी टीभी सिरियल क्वान्टिकोमा उनको भूमिकाको झलक पाइन्थ्यो । कतिपयले पि्रयंकाको यो ड्रेसले सबैभन्दा लामो पहिरनका रुपमा विश्व किर्तिमान कायम गर्न सक्ने चर्चा पनि गरेका थिए ।
सोही कार्यक्रममा प्रियंकाकी प्रतिस्पर्धि अभिनेत्री दीपिका पादुकोण पनि उपस्थित थिइन् । उनी पनि कम्ति ग्ल्यामरस देखिएकी थिइनन् ।
दीपिकाले लगाएको आउटफिटमा उनको वक्षस्थलको बाहिरी भाग एक्सपोज भएको थियो । उनको गाउनको पछाडिको भाग पनि खुबै सेक्सी थियो । -एजेन्सी
प्रतिक्रिया 4