२३ बैशाख, झापा । प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दमक नगरपालिका–१५ का १९ वर्षीय किशोर अधिकारी र मोरङ सिजुवा नगरपालिका–७ का २३ वर्षीय सन्दिप ढकाल रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
उनीहरुलाई सीमा प्रहरी चौकी, नकलबन्दाबाट खटिएको प्रहरी टोलीले डाइजेपाम, फेनारागन र लुपजेसिक २६÷२६ थानसहित पक्राउ गरेको हो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4