+
+

सिटामोलबारे गलत हल्ला फैलियो: औषधि व्यवस्था विभाग

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २६ गते १३:५१

२६ बैशाख, काठमाडौं । ‘पी-५०० उल्लेखित प्यारासिटामोलमा भाइरस छ’ भन्दै तपाईंलाई कुनै सूचना आएको छ ? यदि छ भने भ्रममा नपर्नुस् किनकी त्यो कुरा सत्य होइन । यो हल्ला पूर्णतया गलत र भ्रामक भएको औषधि व्यवस्था विभागले स्पष्ट पारेको छ ।

‘पी-५००’ मा भाइरस छ र त्यसले मानिसको मृत्यु गराउँछ भन्नु पूर्णतया गलत र असत्य भएको औषधि व्यवस्था बिभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । उनले कुनै पनि सिटामोलमा भाइरस नहुने बताए ।

अहिले सामाजिक सञ्चालमा ‘पी-५००’ उल्लेखित प्यारासिटामोल नखान चेतावनीसहितको म्यासेज भाइरल भएको छ । म्यासेजमा लेखिएको छ, ‘हेर्दा नयाँ, धेरै सेतो र चहकिलो देखिने प्यारासिटामोलमा म्याचुपो नामक भाइरस छ…।’

पी-५०० नामक प्यारासिटामोल भारतमा उत्पादन हुन्छ र नेपालमा पनि बिक्री वितरण भइरहेको छ ।

औषधि व्यवस्था बिभागका महानिर्देशक ढकालले भने, ‘प्यारासिटामोललाई लिएर सामाजिक सञ्जालमा भाइरल भएको समाचार त मैले पनि सुनेको हो । तर विश्वास नगर्नुस्, कुनै पनि कम्पनीले उत्पादन गरेको प्यारासिटामोल खानु हुँदैन भन्नु आफैमा गलत हो ।’

यस्तो गलत हल्ला कसले, कसरी र किन फैलायो भन्ने कुरा अनुसन्धानको विषय हुनसक्ने ढकालले बताए । पी-५०० सिटामोलको कुनै प्रतिस्पर्धी कम्पनिले गलत हल्ला फैलाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?