+
+

मतदान केन्द्रको तयारी तीव्र

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २९ गते १६:२८

२९ वैशाख, काठमाडौं । आइतबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रहरुमा तयारी तीब्र पारिएको छ ।

हरेक मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतले राजनीतिक दलका स्थानीय नेताहरुसंगको सर्वदलीय बैठक गरी मतदाता परिचय पत्र बाड्ने कामसंगै मतदान स्थल निर्माणको कामलाई तीव्रता दिइएको हो ।

भोलिसम्ममा मतदाता परिचय पत्र बाडिसक्ने लक्ष अनुसार निर्वाचन अधिकृतहरुले स्थानीय तहमा राजनीतिक दलका प्रतिनिधिहरुसंग समन्वय गरिरहेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धस्थित कुमारीगाल, अरुणिमा मावि मतदान केन्द्र ‘ख’ का निर्वाचन अधिकृत दशरथ धमलाले मतदानको दिन अगाडि नै परिचय पत्र वितरण गर्ने लक्ष्य साथ काम भईरहेको बताए ।

त्यसैगरी महेन्द्र बौद्ध उच्च मावि केन्द्र ‘ग’ का निर्वाचन अधिकृत अधिराज राईले मतदाता परिचय पत्र वितरण गर्ने काम भईरहेकेा बताए ।

परिचय पत्र वितरण गर्ने तथा शान्ति सुरक्षा लगायतमा राजनीतिक दलका स्थानीय प्रतिनिधिले राम्रो सहयोग गरेको भन्दै दुवै निर्वाचन अधिकृतहरुले आ आफ्नो केन्द्रमा सत प्रतिशत मत खस्ने विश्वास लिएका छन् ।

मतदाताहरु पनि निर्वाचनलाई लिएर उत्साही देखिएका छन् । मतदाता परिचय पत्र लिन मतदान केन्द्रमा आएका मतदाताहरु मतदाता शिक्षामा अलि कमि भएपनि फरक किसिमको निर्वाचन भएकाले आफुहरु मतदान गर्न निकै उत्साही रहेको बताए ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्र्तगत प्रदेश नम्बर ३,४ र ६ मा वैशाख ३१ गते मतदान हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?