+
+

पोखरा सभागृहको व्यस्त सडकमा बम, सेनाले पार्‍यो निस्क्रिय

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३० गते १०:१६

३० वैशाख, पोखरा । पोखरामा शनिबार बिहान बम फेला परेको छ । पोखराको व्यस्त सभागृह चोकमा बम फेला परेको हो ।

बम राखिएको हल्ला फैलिएसँगै पुगेको नेपाली सेनाको टोलीले बम निस्क्रिय पारेको छ ।

बम कसले राख्यो भन्नेबारे केही खुलेको छैन ।

बम भेटिएको खबर फैलिएसँगै त्रसित बनेको पोखराको जनजीवन बम निस्क्रिय पछि सामान्य बनेको छ ।

उता, तनहुँको सदरमुकाम दमौलीको भोर्लेटारमा पनि सकेट बम फेला परेको छ । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?